
काठमाडौं: काठमाडौं । नेपाली सेनाको २२ सदस्यीय मेडिकल टोली बुधबार म्यानमार प्रस्थान गरेको छ। हालै गएको विनाशकारी भूकम्पका कारण म्यानमारमा व्यापक धनजनको क्षति भएपछि नेपाल सरकारले मेडिकल राहत पठाएकाे छ।
प्रमुख सेनानी रामचन्द्र श्रेष्ठको नेतृत्वमा १२ जना चिकित्सकीय टिम, ४ जना बन्दोबस्ती सहायता टिम र ६ जना ‘क्रू मेम्बर’सहित कुल २२ सदस्यीय टोली नेपाली सेनाको सीएन–२३५ सीएएसए विमानमार्फत म्यानमार गएको हो।
“विभिन्न प्रकारका औषधि तथा चिकित्सा उपकरणसहित उक्त टोलीमा सर्जन, अर्थोपेडिक, मेडिसिन विशेषज्ञ, नर्स र प्यारामेडिकहरू संलग्न छन्,” नेपाली सेनाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
उक्त टोलीले करिब एक साता म्यानमारका भूकम्पपीडितहरूको उपचारमा खटिने छ।
गत शुक्रबार थाइल्यान्डमा गएको ७.७ म्याग्निच्यूडको शक्तिशाली भूकम्पका कारण म्यानमारमा ठूलो क्षति भएको थियो। भूकम्पका कारण मृत्यु हुनेको संख्या २,७०० नाघिसकेको छ भने उद्धार कार्य जारी रहेकाले यो संख्या अझै बढ्ने अनुमान गरिएको छ।
तस्बिर स्रोत : नेपाली सेना फेसबुक पेज
प्रतिक्रिया