
काठमाडौं : स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले दाताबाट प्राप्त बजेटमा कटौती भए पनि अनिवार्य दायित्व सरकारले पूरा गर्ने बताएका छन्।
मंगलबार मन्त्रालयअन्तर्गतका महाशाखा तथा केन्द्रहरूसँग अन्तरक्रियाका क्रममा मन्त्री पौडेलले दातृ निकायहरूबाट बजेट कटौतीको समस्या भएपनि सरकारले त्यसको समाधानका लागि विकल्प ल्याउने प्रतिबद्धता जनाएका हुन्।
“हाम्रा आमसमस्या भनेको दातृ निकायबाट बजेट कटौती हुनु हो। तर हामीले भएका स्रोतको अधिकतम उपयोग गरेर यस समस्याको समाधान निकाल्नेछौँ,” उनले भने।
मन्त्री पौडेलले कर्मचारीलाई समय बचाएर अधिकतम प्रगति देखाउने र आर्थिक वर्षको अन्त्यसम्म परिणाममुखी नतिजा हासिल गर्न निर्देशन दिए।
“हामीसँग बजेट छ, तर कार्यान्वयनमा समस्या आएको छ। अब चार महिना बाँकी छ, त्यसलाई पूर्ण उपयोग गर्दै परिणाममुखी काम गर्नुहोस्,” उनले कर्मचारीलाई भनें।
प्रभावकारी कामका लागि नीतिगत सुधारमा मन्त्री पौडेलले आफ्नो हरसम्भव प्रयास गर्ने विश्वास व्यक्त गरेका छन्।
प्रतिक्रिया