जनकपुरमा प्रदर्शनकारी र प्रहरीबीच झडप, केही प्रहरी र स्थानीय घाइते

जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिका–२३ विन्धीमा प्रहरी र स्थानीयबीच झडप भएको छ। १५ दिनअघि भएको घटनालाई लिएर गरिएकाे प्रदर्शनमा झडप भएको हाे ।

छुरा प्रहारको घटनामा दोषीलाई कडा कारबाहीको माग गर्दै स्थानीयले जनकपुर–जलेश्वर सडक अवरुद्ध गरेपछि झडप भएको हो। स्थिति नियन्त्रणमा लिन प्रहरीले दर्जनौं सेल अश्रुग्यास प्रहार गरेको छ। झडपमा दुवैतर्फ केही घाइते भएका छन् ।

गत चैत २ गते होली खेल्ने क्रममा कुर्ता च्यातिएको विषयलाई लिएर २१ वर्षीय धर्मेन्द्र महतोले १५ वर्षीय आशु यादवलाई घरबाट बोलाएर छुरा प्रहार गरी हत्या गरेका थिए। हत्या आरोपी महतोलाई प्रहरीले घटनापछि नै नियन्त्रणमा लिएको थियो। धनुषा प्रहरीले अहिले स्थिति नियन्त्रणमा रहेको जनाएको छ।

प्रतिक्रिया

TOP