
काठमाडौं : नेपाल विद्यार्थी संघले बैतडीमा एक किशोरीको बलात्कारपछि हत्या भएको घटनामा संलग्नलाई हदैसम्मको कारवाही गर्न माग गरेको छ ।
नेविसंघको प्रतिनिधिमण्डलले मंगलबार गृहमन्त्री रामबहादुर थापालाई ज्ञापन पत्र बुझाउँदै अपराधमा संलग्नलाई कडा कारवाहीको माग गरेको हो ।
बुधबार बैतडीको दोगडा केदार गाउँपालिका-७ मा पर्ने लवलेक सामुदायीक वनमा विद्यालयबाट फर्किने बेला १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या भएको थियो ।
नेविसंघले विगतमा बलात्कार र हत्या जस्ता जघन्य अपराधका घटनामा संलग्नलाई कानुनी कारवाहीमा ल्याउन नसकेका कारण अपराधीको मनोबल बढ्दै गएको दावी गरेको छ ।
नेविसंघ अध्यक्ष राजिव ढुंगानाले घटनामा संलग्न अपराधीलाई तत्काल पक्राउ गरी हदैसम्मको कारवाहीको माग गरिएको बताए ।

प्रतिक्रिया