नानीबाबा अधिकारीको ‘मायामा माया’ मुक्तकसंग्रह लोकार्पण

ललितपुर । मुक्तक लेखक नानीबाबा अधिकारीको पहिलो मुक्तकसंग्रह ‘मायामा माया’ लोकार्पण गरिएको छ । जावलाखेलस्थित स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानको सभाकक्षमा आयोजित समारोहमा अग्रज साहित्यकार तथा चलचित्रकर्मी यादव खरेलले कृति विमोचन गरे ।

कार्यक्रममा खरेलले छोटा शब्दमा गहिरा भाव व्यक्त गर्ने मुक्तक विधा लोकप्रिय बन्दै गएको उल्लेख गर्दै लेखक अधिकारीलाई आगामी दिनमा थप कृतिहरू प्रकाशित गर्न प्रेरित गरे ।

समीक्षक डा. शान्तिमाया गिरीले ‘मायामा माया’ कृतिमा समेटिएका मुक्तकहरू गहिरा र भावनात्मक भएको बताइन् । उनले लेखक अधिकारी कथा-कविता लेखनमा सक्रिय रहे पनि पछिल्लो समय मुक्तकले उनलाई विशेष रूपमा आकर्षित गरेको उल्लेख गरिन् ।

नेपाल स्रष्टा समाजद्वारा आयोजित कार्यक्रममा साहित्यकार श्रीओम रोदन, विधान आचार्य, मुक्तक प्रतिष्ठानका रामकाजी कोने, पवन आलोक, प्रकाश घायल तथा कृतिकारका पिता मुक्तिनाथ खनाललगायतले आफ्नो धारणा राखेका थिए ।

प्रतिक्रिया

TOP