इटहरीको सेन्ट्रल प्लाजामा आगलागी, भवनमा फसेका व्यक्तिहरुको उद्धार गरिदै

इटहरीः इटहरीको व्यापारीक भवन सेन्ट्रल प्लाजामा भीषण आगलागी भएको छ । बिहान करिव साढे नौ बजेदेखि आगलागी भएको प्रहरीले जनाएको छ ।

भवनको आधा दर्जन बढी दमकलले नियन्त्रणको प्रयास गर्दै छन् । पाँचौ तलाबाट आगलागी सुरू भएको थियो। आगो नियन्त्रणमा आउन सकेको छैन ।

सात तला रहेको उक्त भवनको आगो नियन्त्रणका लागि आधा दर्जन बढि दकमल प्रयोग गरिएको छ । भवनको छैटौं र सातौं तलामा पनि आगो सल्किएको बताइएको छ।

छैटौं र सातौं तलामा केहि व्यक्ति रहेको र उनीहरुको उद्धारको काम भइरहेको प्रहरीले जनाएको छ । आगलागीको कारण खुलेको छैन ।

प्रतिक्रिया

TOP