जनकपुरबाट लहान जाँदै गरेको बस दुर्घटना, २० भन्दा बढी घाइते

जनकपुर: जनकपुरबाट लहान जाँदै गरेको यात्रुबाहक बस दुर्घटनामा परेको छ। शुक्रबार (आज) परिक्रमा यात्री बोकेको ना ५ ख १४४१ नम्बरको बस धनुषाधाम नगरपालिकाको मालटोल नजिक दुर्घटनाग्रस्त भएको हो। दुर्घटनामा २० जना भन्दा बढी यात्रु घाइते भएको प्रारम्भिक विवरण आएको छ।

इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक जटाशंकर यादवका अनुसार घाइते यात्रुहरूलाई ६ वटा एम्बुलेन्समार्फत विभिन्न अस्पतालमा लगिएको छ। यद्यपि, घाइतेहरूको एकिन संख्या केहीबेरपछि मात्र पुष्टि हुने उनले बताए।

उक्त बस १५ दिने मिथिला मध्यमा परिक्रमा समापन गरेर परिक्रमा यात्रीहरू लिएर लहानतर्फ जाँदै थियो। प्रहरी निरीक्षक यादवका अनुसार बसमा रहेका अधिकांश यात्रु सिरहा जिल्लाका बासिन्दा रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ।

प्रतिक्रिया

TOP