प्रधानमन्त्री ओलीका विज्ञ सल्लाहकारमा अग्नि खरेल नियुक्त

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीका विज्ञ सल्लाहकारमा अग्नि खरेल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले खरेललाई प्रधानमन्त्रीको विज्ञ सल्लाहकार बनाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिएका छन्।

खरेल झापाका नेता तथा संविधानसभा सदस्य हुन्। उनी हाल नेकपा एमालेको स्थायी कमिटी सदस्य समेत छन्। पूर्वमहान्यायाधिवक्तासमेत रहेका खरेल ओलीको पहिलो कार्यकालमा कानुनमन्त्री थिए। विज्ञ सल्लाहकारको पद राज्यमन्त्री वा सो सरहको सुविधा प्राप्त गर्ने व्यवस्था छ।

यसै बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवमा डा. विकास देवकोटालाई नियुक्त गर्ने निर्णय पनि गरेको छ। हाल उनी स्वास्थ्य सेवा विभागका महानिर्देशक छन्।

प्रतिक्रिया

TOP