
काठमाडौं: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी २५ फागुनका लागि निर्धारित आमसभा स्थगित गर्दै पूर्वराजा ज्ञानेन्द्र शाहलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्ने कार्यक्रम राखेको छ।
पूर्वराजा शाह पोखराबाट २५ फागुनमा काठमाडौं फर्किनेछन्। राप्रपाले सोही दिन काठमाडौंको भृकुटीमण्डपमा आमसभा आयोजना गर्ने निर्णय गरेको थियो, तर बुधबारको पार्टी पदाधिकारी बैठकले उक्त आमसभा स्थगित गर्न र विमानस्थलमा पूर्वराजाको स्वागत गर्न उपस्थित हुन सबै पार्टी कार्यकर्ता र आम जनतालाई आह्वान गर्ने निर्णय गरेको छ।
राप्रपाले भनेको छ, “पोखराबाट राजाको उक्त सन्देश पछिको पहिलो काठमाडौँ फिर्ती सवारीमा नागरिक समाजबाट हुने स्वागत कार्यक्रमलाई ध्यानमा राख्दै हाम्रो पार्टीले उक्त आमसभा स्थगित गरेको छ र त्रिभुवन विमानस्थलमा उपस्थित हुन सबैलाई आह्वान गरिएको छ।”
त्यसैगरी, राप्रपाले पूर्वराजा शाहद्वारा प्रजातन्त्र दिवसको अवसरमा दिइएको शुभकामना सन्देशको पनि स्वागत गरेको छ।
प्रतिक्रिया