
काठमाडौँ : राष्ट्रिय युवा संघको अध्यक्षमा वचन सिंह चयन भएका छन् ।
संघको काठमाडौँमा जारी दोस्रो पूर्ण बैठकले सिंहलाइ अध्यक्ष, किरण पौडेललाइ सहअध्यक्ष र महसचिवमा रमेश आचार्यलाइ निर्वाचित गरेको छ ।
संघले केन्द्रीय कमिटी पुरै पुनर्गठन गरेको छ । युवा संघका इन्चार्ज महेश बस्नेतले पौडेललाइ तत्कालै अध्यक्ष दिनका लागि प्रयत्न गरेको भए पनि निवर्तनमान संयोजक रमेश पौडेलको असहमतिका कारण सम्भव भएन । यद्यपी जेठ १६ बाट किरण पौडेल स्वत अध्यक्ष हुने गरी सहमति भएको छ ।
युवासंघको नेतृत्वमा ४० वर्षको हदबन्दी रहेको र सिंह जेठ १६ गते ४० वर्षको पुग्ने छन । त्यसपछि पौडेले संघको अध्यक्षको जिम्मेवारी स्वत पाउनेछन ।
प्रतिक्रिया