
धनगढी : पूर्वमाओवादी नेता एवं नेकपा ओली समूहका नेता लेखराज भट्टले नारायणकाजी श्रेष्ठप्रति कडा टिप्पणि गरेका छन् ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री भट्टले श्रेष्ठका कारण पूर्वमाओवादीको दुर्दशा सुरू भएको टिप्पणि गरे ।
धनगढीमा उनले नारायणकाजी पार्टीमा आएदेखि माओवादीका दुर्दशा सुरू भएको बताए ।
‘नारायणकाजी आएपछि मोहन वैद्य छुटे, विप्लव छुटे। फुटमा नारायणकाजीको महत्वपूर्ण भूमिका छ,’ उनले भने।
मन्त्री भट्टले अझै पनि प्रचण्डलाई अध्यक्ष भनेर सम्बोधन गर्ने बताए।
प्रचण्ड-नेपाल पक्षले पार्टीबाट निष्कासन गरेपछि आफ्नो पक्षबाट कसैलाई ननिकालेको भन्दै अध्यक्ष मान्ने बताए।
प्रतिक्रिया