मर्यादाहीन उर्जामन्त्रीः कुलमान होइन, मन्त्री खड्का हटाउ (भिडियोसहित)

काठमाडौंः दुई ठूला दलहरुसहितको बलियो सरकारप्रति जनतामा ठूलो आशा र अपेक्षा छ । नेपाली कांग्रेस र नेकपा एमाले सम्मिलित दुई तिहाईको सरकारलाई जनतामा व्याप्त निराशा चिर्दै मुलुकलाई विकास र समृद्धिको बाटोमा लैजानुपर्ने प्रमुख कार्यभार छ । यस्तो अवस्थामा सरकारमा सहभागी सबै प्रधानमन्त्रीसहित सबै मन्त्रीहरु उत्तिकै जिम्मेवार बन्न जरुरी छ ।

प्रधानमन्त्री केपी शर्मा ओली पनि पछिल्लो समय कसरी परिणाममुखी र प्रभावकारी काम गर्न सकिन्छ भन्नेमै चिन्तित देखिएका छन् । दुई दलीय संयन्त्रलाई प्रभावकारी बनाएर होस् वा मन्त्रीहरुको कार्यसम्पादन मूल्यांकन गरेर, प्रधानमन्त्री ओली सरकारलाई गतिशील र नागरिकका हीतका पक्षमा काम गर्नुपर्छ भन्नेमा दृढ देखिन्छन् । तर यहि सरकारमा सहभागी एक जना मन्त्रीका कारण सिंगो सरकार, उच्चस्तरीय संयन्त्र र सरकारमा सहभागी दलहरुकै बद्नाम हुने काम भइरहेको छ ।

सरकारमा सबै मन्त्रीहरुको कार्यसम्पादन गज्जव छ भन्न खोजिएको होइन । सबै मन्त्रीको कार्यसम्पादन उत्कृष्ट नभएपनि उनीहरुले विवादमा आउने काम भने गरेका छैनन् । राम्रो गर्न नसकेपनि सरकारको बदनाम गर्ने काम उनीहरुबाट भएको छैन ।

यो सरकारमा विवादित मन्त्रीको हिट लिस्टमा उर्जामन्त्रीको नाम शीर्ष स्थानमा छ । उनकै कार्यशैलीका कारण अन्य मन्त्रीले गरेका कामहरु पनि ओझेलमा परेका छन् । जनतामा सरकारका प्रति नकारात्मकता बढ्दै गएको छ ।

तर उर्जामन्त्री दीपक खड्काको कार्यशैलीका कारण भने सिंगो सरकार बद्नाम भइरहेको छ । उनी मन्त्री भएकै दिनदेखि एकपछि अर्काे विवादमा उनी प्रत्यक्ष संलग्न छन् । यो सरकारमा विवादित मन्त्रीको हिट लिस्टमा उर्जामन्त्रीको नाम शीर्ष स्थानमा छ । उनकै कार्यशैलीका कारण अन्य मन्त्रीले गरेका कामहरु पनि ओझेलमा परेका छन् । जनतामा सरकारका प्रति नकारात्मकता बढ्दै गएको छ । सरकारका बारेमा राम्राभन्दा नराम्रा कुरा बढि प्रचार भइरहेका छन्, यसको मुख्य जड भनेकै उर्जामन्त्री हुन् ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउन मरिहत्ते गर्नुका पछाडि मन्त्रीको के स्वार्थ छ, त्यो बुझिनसक्नुछ । कुलमान हटाउन मन्त्री भएदेखि नै उर्जामन्त्री खड्का तानाबुना बनाइरहेका छन् । आफ्नै मन्त्रालयका राज्यमन्त्री कुलमानका पक्षमा उभिरहेका बेला उर्जामन्त्रीको एक सुत्रीय काम भनेकै कुलमान हटाउनुछ ।

विवादै विवादको पृष्ठभूमी र मन्त्री बनेपछि झनै विवादित बनेका उर्जामन्त्री खड्काकै कारण सरकारप्रति नागरिकमा दिनानुदिन आक्रोश बढेको मात्रै छैन, सरकारको कार्यशैलीमाथि नै गम्भीर प्रश्न उठिरहेका छन् ।

विवादै विवादको पृष्ठभूमी र मन्त्री बनेपछि झनै विवादित बनेका उर्जामन्त्री खड्काकै कारण सरकारप्रति नागरिकमा दिनानुदिन आक्रोश बढेको मात्रै छैन, सरकारको कार्यशैलीमाथि नै गम्भीर प्रश्न उठिरहेका छन् । एक जना मन्त्रीको स्वार्थगत गतिविधि र मर्यादाहीन कार्यशैलीले सरकारमाथि नै प्रश्न उठिरहेको भन्दै सत्तारुढ दलहरुभित्रै विरोध सुरु भएको छ ।

कांग्रेसकै सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा दोस्रो कार्यकालका लागि प्राधिकरणका नेतृत्वमा ल्याइएका कुलमान हटाउन कांग्रेसबाटै मन्त्री बनेका खड्का विभिन्न तानाबाना बनाइरहेका छन् ।

हटाउनुपर्ने उर्जामन्त्री, हटाइदैछ कुलमान

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई पदमुक्त गर्न उर्जामन्त्री खड्काले मन्त्रिपरिषदमा लगेको पस्ताव अस्वीकृत भएको छ । मन्त्री खड्काको प्रस्तावको विरुद्धमा कांग्रेसबाट सरकारमा सहभागी रमेश लेखकले असहमति जनाए । गृहमन्त्री रमेश लेखकले उर्जामन्त्रीको प्रस्तावविरुद्ध कडा रुपमा बोलेपछि प्रधानमन्त्रीले पनि त्यसलाई अगाडि बढाएनन् ।

राम्रो काम गरेको र जनताको विश्वास जितेका कर्मचारी हटाउँदाा सरकार थप विवादमा पर्न सक्ने भएकाले प्रधानमन्त्री ओलीले पनि कुलमान हटाउन नहुने निष्कर्षमा पुगेका छन् ।

६ फागुनको मन्त्रिपरिषद् बैठकमा कुलमानलाई प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाउनुपर्ने प्रस्ताव मन्त्री खड्काले मन्त्रिपरिषद्मा लगेका थिए । पछिल्लो समय प्रधानमन्त्री ओली पनि कुलमानसँग नकारात्मक छैनन् । राम्रो काम गरेको र जनताको विश्वास जितेका कर्मचारी हटाउँदाा सरकार थप विवादमा पर्न सक्ने भएकाले प्रधानमन्त्री ओलीले पनि कुलमान हटाउन नहुने निष्कर्षमा पुगेका छन् । तर उर्जामन्त्री भने अरु सबै काम छोडेर कुलमान हटाउ अभियानमा निरन्तर सक्रिय छन् ।

कुलमान होइन, मन्त्री हटाउ

मन्त्रीको अराजकता र मर्यादाहीन हर्कतका कारण सरकार थप विवाद र आलोचनाबाट गुज्रिन थालेपछि यतिबेला उर्जामन्त्रीलाई सरकारबाट फिर्ता बोलाउनुपर्ने माग उठ्न थालेको छ । सरकारमा सहभागी कांग्रेसकै एक मन्त्रीले सभापति शेरबहादुर देउवासँग भेटेर मन्त्री खड्कालाई सरकारबाट फिर्ता बोलाउनुपर्ने सुझाव दिएका छन् ।

कसरी राम्रो गर्न सकिन्छ ? सरकारको प्रभावकारीता कसरी बढाउन सकिन्छ भन्नेमा प्रधानमन्त्रीज्यूसहित हामीहरु काम गरिरहेका छौं, ती मन्त्रीले सभापति देउवालाई भनेका थिए, तर दीपक खड्काका कारण सरकार बद्नाम भइरहेको छ । जनतामा निरन्तर सरकारप्रति गलत सन्देश गइरहेको छ ।

कांग्रेसकै अधिकांश नेताहरुले पनि कुलमान होइन, दीपक खड्कालाई मन्त्रीबाट हटाउनुपर्ने आवाज उठाउन थालेका छन् ।

मर्यादाहीन मन्त्री

विवादित मन्त्रीको उपनाम नै पाएका उर्जामन्त्री दीपक खड्काले संसदबाटै एक जना कर्मचारीको हुर्मत लिने काम गरे । नेपाली जनताले पत्याएका र राम्रो काम गरेर प्रमाणित भएका कुलमान घिसिङविरुद्ध जनताको प्रतिनिधिमूलक थलो संसदमा जुन हर्कत गरे, त्यो स्वभाविक थिएन ।

प्राधिकरणमै कार्यकक्ष बनाउनेदेखि सार्वजनिक मञ्चमा कुलमानविरुद्ध जस्ता अभिव्यक्ति दिइरहेका छन्, एउटा राजनीतिज्ञमा हुनुपर्ने सामान्य शिष्टाचार र मर्यादा उनीसँग नभएको प्रष्टै हुन्छ ।

मन्त्रीको अराजक शैली र मर्यादाहीन प्रवृत्ति संसदमा प्रष्टै देखिन्थ्यो । उनले आफूमाथि उठेका प्रश्नको जवाफ दिनुको साँटो एक जना कर्मचारीविरुद्ध जसरी सार्वभौम संसदमा बोले, त्यसले मन्त्रीकै मर्यादामाथि प्रश्न उठाइदिएको छ ।

उनको यो हर्कत पहिलो थिएन, त्यसअघि पनि उनले कुलमानविरुद्ध निरन्तर विषवमन गर्दै आएका छन् । प्राधिकरणमै कार्यकक्ष बनाउनेदेखि सार्वजनिक मञ्चमा कुलमानविरुद्ध जस्ता अभिव्यक्ति दिइरहेका छन्, एउटा राजनीतिज्ञमा हुनुपर्ने सामान्य शिष्टाचार र मर्यादा उनीसँग नभएको प्रष्टै हुन्छ ।

किन कुलमान हटाउनु हुँदैन

पहिलो कार्यकालमा नेपाललाई कहालीलाग्दो लोडसेडिङबाट मुक्त गरेर चमत्कार गरेका कुलमानले दोस्रो कार्यकालमा नेपालको विद्युत इतिहासमै कायापलट गरिदिए । प्राधिकरण अर्वौ नाफामा पुगेको छ । विद्युत उत्पादन निरन्तर उकालो छ ।

कुलमानको नेतृत्वमा नेपालले भारत मात्रै होइन, तेस्रो मुलुक बंगलादेश पनि विद्युत निर्यात सुरु गरिसकेको छ । कुलमानलाई निर्धक्क बाँकी समय काम गर्न दिने हो भने उनले श्रीलंकासमेत विद्युत निर्यात गर्न सक्ने बताएका छन् ।

नेपालका सार्वजनिक संस्थानहरु एकपछि अर्को धरासयी भइरहेका बेला र सरकारले ऋण निकालेर ति संस्थानहरुलाई पाल्नुपर्ने बाध्यता भएका बेला विद्युत प्राधिकरण भने प्रत्येक वर्ष अर्वौं रुपैयाँ सरकारलाई बुझाउँछ । अहिले नेपालमा विद्युतीय सवारी साधनहरुके बाढी नै आइरहेको छ । जुन वातावरणीय दृष्टिकोणले पनि निकै आवश्यक छ । यी सबै काम कुलमान नेतृत्वमा मात्रै सम्भव भएको हो भन्दा अतिशयोक्ति हुँदैन ।

देशका लागि अनि जनताका लागि केहि गर्छाैं भनेर राजनीतिमा आएका केहि नेताहरुको आँखाको कसिंगर बनिदिन्छन्, तिनै कुलमानहरु ।

तर विडम्बना, देशका लागि अनि जनताका लागि केहि गर्छाैं भनेर राजनीतिमा आएका केहि नेताहरुको आँखाको कसिंगर बनिदिन्छन्, तिनै कुलमानहरु । सत्तामा पुगेपछि विवेक बन्धक राखेर स्वार्थ समूहको गोटी बन्दै देश र जनतामाथि विश्वातघात गर्ने केहि नेताहरुकै कारण आज देश थिलथिलो बन्दै गएको छ । यहि सूचीको अग्रपंक्तिमा आउने नाम बनेको छ, दीपक खड्का ।

राम्रो काम गरेर जनताको मन जित्नुभन्दा एक जना काविल कर्मचारीलाई हटाएर मन्त्री खड्का कस्तो राजनीति गर्न खोज्दैछन् ?

दीपक खड्का जति लामो समय पदमा रहन्छन्, उनीमात्रै होइन, सिंगो सरकार नै थप बदनाम हुँदै जाने निश्चित छ । राम्रो काम गरेर जनताको मन जित्नुभन्दा एक जना काविल कर्मचारीलाई हटाएर मन्त्री खड्का कस्तो राजनीति गर्न खोज्दैछन् ? यो अचम्मको विषय छ । तसर्थ सरकारले दीपक खड्काको अराजकता र मर्यादाहीन हर्कतमा लगाम लगाउन ढिलाइ गर्नुहुन्न ।

प्रतिक्रिया

TOP