
काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले कांग्रेस संयुक्त आन्दोलनका पक्षमा नरहेको स्पष्ट पारेका छन् ।
नेकपा प्रचण्ड नेपाल समूहले संयुक्त आन्दोलनका लागि निरन्तर आग्रह गरेपनि कांग्रेसले कुनै निर्णय गरिसकेको छैन ।
कांग्रेस महामन्त्री कोइरालाले कांग्रेस एक्लै आन्दोलनमा जानुपर्ने बताए ।
सोमबार सुशील कोइराला स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा महामन्त्री कोइरालाले कांग्रेसको स्वतन्त्र अस्तित्व रहेको उल्लेख गर्दै अन्य दलसँग मिलेर आन्दोलनमा जान नहुने बताए ।
‘नेपाली कांग्रेसले आन्दोलन गर्दा कसैसँग मिल्नुहुँदैन । कम्यूनिष्ट नेताले मिलेर जानुपर्दछ भनेर भन्नुभयो । तर हामीले एक्लै जानुपर्दछ । हाम्रो आफ्नै छुट्टै अस्तित्व छ,’ उनले भने, ‘नेपाली कांग्रेसको भविष्य राम्रो छ । नेपाली कांग्रेसले सबै नेता कार्यकर्तालाई समेटेर लैजानुपर्दछ ।’
पूर्वप्रधानमन्त्री एवं कांग्रेस पूर्व सभापति सुशील कोइरालासँगको बाल्यकालका प्रसंग सुनाए ।
‘सुशील कोइराला हामीसँग भारत जानुभयो । उहाँले त्यतिबेला ३० रुपैयाँको जागिर खानुहुन्थ्यो । साइकल चढेर टाढासम्म जागिर गर्न जानुहुन्थ्यो । उहाँ तरकारी किन्न पसल जाँदा सबै पसललाई मूल्य सोध्नुहुन्थ्यो । अनि सबैभन्दा सस्तो पसलमा गएर तरकारी किन्नुहुन्थ्यो,’ उनले स्मरण गरे ।
प्रतिक्रिया