२०७७, १३ फाल्गुन बिहीबार
Nepal 1:37:26 pm
Trending
#सर्वाेच्च अदालत #संसद पुनर्स्थापना अग्‍नि खरेल आलिया भट्ट कोरोना खोप कोरोना बिमा खोप अभियान गंगूबाई काठियाडी जनसम्पर्क समिति डा. रवीन्द्र पाण्डे डा बाबुराम भट्टराई नेप्से प्रचण्ड-नेपाल प्रतिनिधि सभा अधिवेशन प्रतिनिधिसभा पुनःस्थापना प्रतिनिधिसभा पुनर्स्थापना प्रतिनिधि सभा बैठक प्रदेश सभा प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओली मेलम्ची रवि लामिछाने राजीनामा वर्षमान पुन विवेकशील साझा शेरबहादुर देउवा संसद पुनर्स्थापना संसद विघटन संसद् पुनःस्थापना सत्तापक्षीय सत्ता सहकार्य सर्वाेच्च अदालत सर्वाेच्चको फैसला सर्वोच्च अदालत साझा विवेकशील पार्टी सुरक्षा परिषद् सुवासचन्द्र नेम्वाङ सेयर बजार स्थायी कमिटी स्पार्क हेल्थ होम अस्पताल हृदयघात
पत्रकार डेकेन्द्र थापाको हत्यामा संलग्न फरार अभियुक्त १६ वर्षपछि पक्राउ
नेपालमञ्च संवाददाता
२०७७ माघ २६ सोमबार
  •  
  •  
  •  
  •  

505

सुर्खेत : दैलेखका पत्रकार डेकेन्द्रराज थापाको हत्यामा संलग्न फरार एक अभियुक्त १६ वर्षपछि पक्राउ परेका छन् ।

दैलेख प्रहरीले महाबु गाउँपालिका-६, का ६८ वर्षीय जयबहादुर शाहीलाई पक्राउ गरेको हो ।

उनलाई खोजतलासका क्रममा दैलेखबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डीएसपी अनुप श्रेष्ठले जानकारी दिए ।

डीएसपी श्रेष्ठका अनुसार जिल्ला अदालत दैलेखबाट दुई वर्ष कैद सजाय तोकिएका शाहीले पूर्पक्षका लागि १ वर्ष ७ महिना १ दिन सजाय भुक्तान गरिसकेका छन् । बाँकी सजाय दिलाउन उनलाई कारागार चलान गरिएको छ ।

१ वर्ष ७ महिना १ दिन कैद भुक्तान गरी बन्दीप्रत्यक्षीकरणमा परेका कारण अदालतको फैसला ढिला आएपछि थुनामुक्त भई शाही फरार थिए ।

पत्रकार थापा द्वन्द्वकालमा तत्कालीन माओवादीबाट मारिएका थिए । द्वन्द्वकालमा तत्कालीन माओवादीले दैलेख बजारको खानेपानी लाइन काटिएपछि समस्या समाधान गर्न वार्ताका लागि भन्दै बोलाइएका उनलाई साबिकको द्वारी गाविस-१, हालको नौमुले गाउँपालिका–३ मा २०६१ साल साउन २७ गते हत्या गरेको थियो ।

माओवादीले हत्या गरेपछि पत्रकार थापाकी श्रीमती लक्ष्मीले जिल्ला प्रहरी कार्यालय दैलेखमा २०६५ भदौ ५ गते ९ जनाविरुद्ध किटानी जाहेरी दिएकी थिइन् । त्यसबेला प्रहरीले पाँच जनालाई पक्राउ गरेको थियो ।

भर्खरै