
काठमाडौं: नेकपा एमालेका सांसद सराज अहमद फारुकीले राष्ट्रिय स्वतन्त्र पार्टीले संसद अवरोध गर्नुको औचित्य नभएको बताएका छन् ।
नेपालमञ्चको नेपालमञ्च संवादमा कुरा गर्दै उनले अदालतमा भएको विषयलाई संसद्मा बहस गर्न जरुरी नभएको बताए । उनले यदि आफुहरुलाईअन्याय भएको महसुस भए कानुनी उपचारमा जान समेत सुझाएका छन् ।
उनले संसद्मा संसद नियमावलीमा सबै चल्नुपर्ने बताए । उनले भने ‘रास्वपाका साथीहरूसँग अनुभव कम भएर होला उहाँहरूले संसदीय अभ्यास नै बुझ्नुभएन । सभामुखको निर्देशन पनि पालना गर्नुभएन’ उनले नेकपा एमाले र कांग्रेसको गठबन्धन फुटाएर देशमा अस्थिरता निम्त्याउन खोजिरहेको समेत बताए ।
नेकपा एमालेको नेतृत्वमा विकासका कामहरू धमाधम भइरहेको उनको दाबी छ । उनले यो सरकारले १० पुर्णङ्कमा ९ हासिल गरेको बताए । साथै उनले एमालेमा केपी ओलीको विकल्प खोज्ने समय नभएको बताए ।
अझै एक कार्यकाल ओलीले नै पार्टीको नेतृत्व गर्नुपर्ने उनको भनाइ छ । उनले अहिले एमाले मिसन ८४मा लागेकाले नेतृत्वबारे कुनै बहस आवश्यक नरहेको बताए । ८४ मा एमालेको एकल बहुमत आउनेमा आफू विश्वस्त रहेको उनको भनाइ छ ।
भिडियो हेर्न यो लिङ्कमा क्लिक गर्नुहोस् :
प्रतिक्रिया