कांग्रेस पार्टी कार्यालय सानेपामा साना तथा मझौता व्यवसायीका उत्पादनको प्रदर्शनी (फोटोफिचर)

काठमाडौंः नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपामा साना तथा मझौता व्यवसायीका उत्पादनको प्रदर्शनी भइरहेको छ । पार्टीको उद्यमशीलता र साना तथा मझौला व्यवसायी विभागको आयोजनामा ‘नेपाल स्टार्ट अप र साना तथा मझौला व्यवसाय सम्मेलन’ मा नेपाली उत्पादनको प्रदर्शनी भइरहेको हो । दुई दिन चल्ने प्रदर्शनीमा ८० वटा स्टल राखिएको छ । आज सम्मेलनको उद्घाटन पार्टी सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले गरेका हुन् ।

साना तथा मझौला उद्योगलाई प्रोत्साहन गर्न र त्यसका लागि आवश्यक वातावरण निर्माणका लागि पार्टीले पहलकदमी लिने उद्धेश्यले सम्मेलनको आयोजना गरिएको कांग्रेसले जनाएको छ । सम्मेलनमा बाहिर स्टल राखिएको छ भने भित्र विभिन्न विषयमा विचार मन्थनको कार्यक्रम राखिएको छ ।

 

प्रतिक्रिया

TOP