
काठमाडौँ : आजदेखि पत्रकार र कुटनीतिक नियोगका कर्मचारीलाई कोरोनाविरुद्धको खोप लगाइने भएको छ ।
पहिलो चरणको खोप कोरोना भाइरसविरुद्ध अग्रमोर्चामा काम गरेका व्यक्तिलाई लगाएको सरकारले दोस्रो चरण अन्तर्गत सोमबारदेखि कुटनीतिक नियोगका कर्मचारी र पत्रकारलाई खोप लगाउन सुरु गरेको हो ।
पहिलो चरण अन्तर्गत माघ १४ देखि शनिबारसम्मको १ लाख ८१ हजार ८ सय ५७ जनाले खोप लगाएका छन् ।
काठमाडौंको सिभिल, शिक्षण, सहिद गंगालाल र ललितपुरको पाटन अस्पतालमा दोस्रो चरणको खोप लगाइने शनिबार निर्णय भएको मन्त्रालयमा प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।
सिभिल अस्पतालमा पत्रकारलाई र पाटन अस्पतालमा यूएन एजेन्सीमा कार्यरत तथा विदेशी कर्मचारीलाई खोप लगाइने मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया