बैतडीमा किशोरीको बलात्कारपछि हत्या घटनाको आयोनद्वारा विरोध

काठमाडौं : बैतडीमा एक किशोरीको बलात्कारपछि हत्या भएको घटनाको नेपाल यूवा संस्था सञ्जाल (आयोन) ले विरोध जनाएको छ ।

बुधबार बैतडीको दोगडा केदार गाउँपालिका-७ मा पर्ने लवलेक सामुदायीक वनमा विद्यालयबाट फर्किने बेला १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या भएको थियो ।

आयोनले आइतबार विज्ञप्ति जारी गर्दै घटनाको अनुसन्धान गरी दोषीलाई कारवाही गर्न माग गरेको छ । आयोनका अध्यक्ष जगदीश ऐरले मानवताविरोधी जनन्य अपराध निरन्तर हुनु सभ्य र सुसंस्कृत समाज निर्माणका लागि चूनौति भएको टिप्पणि गरे ।

‘२०७५ साल साउन १० गते कञ्चनपुरकी निर्मला पन्तको यस्तै प्रकृतिको घटना हुँदा आजसम्म न्यायको कठघरामा नउभ्याउनुले भागरथी भट्टको घटनामा पनि सोही पुनरावृत्ति नहोस् र दोषीलाई तत्काल हदैसम्मको कानुनी कारवाहीका लागि नेपाल सरकारसँग माग गर्दछौं,’ अध्यक्ष ऐरले भने ।

उनले बलात्कार र हत्याका घटना न्यूनिकरणका लागि तीनै तहका सरकारले सचेतना अभियान देशव्यापी सञ्चालन गर्नुपर्ने सुझाव दिए ।

No description available.

प्रतिक्रिया

TOP