ओली समूहले दीपशिखालाई युवा संघको संयोजकबाट हटायो

काठमाडौं : नेकपा ओली समूहले राष्ट्रिय युवा संघको संयोजकबाट रामप्रसाद सापकोटा ‘दीपशिखा’लाई हटाएको छ ।

ललितपुरको च्यासलमा आइतबार बसेको ओली समूहको युवा संघको केन्द्रीय कमिटी बैठकले सापकोटालाई हटाएको हो।

प्रचण्ड-माधव समूहमा लागेको संयोजकलाई हटाउन सहसंयोजक रमेश पौडेलको अध्यक्षतामा बैठक बसेको थियो ।

सापकोटालाई संयोजकबाट हटाइए पनि कसको नेतृत्वमा नयाँ संगठन बनाउने भन्ने छलफल भइरहेको बताइएको छ ।

सोमबारसम्म चल्ने बैठकले संयोजक चयन गर्ने संघका नेता प्रभातविक्रम कटवालले जानकारी दिए ।

३३५ सदस्यीय संघको केन्द्रीय कार्य समितिमा बहुमत पक्ष नेपाल प्रचण्ड पक्षसँग रहेको छ ।

माघ ४ गते बसेको प्रचण्ड नेपाल पक्षको युवा संघमा बैठकमा २५० बढी केन्द्रीय सदस्य सहभागी थिए ।

नेकपा केपी ओली र प्रचण्ड माधव नेपाल समूह गरी दुबै कित्तामा विभाजित भएपछि भ्रातृ संगठनमा पनि प्रभाव परेको छ । ओली र प्रचण्ड नेपाल समूहमा कित्ता क्लियर गरेका भ्रातृ संगठनको नेतृत्वलाई एक अर्को समूहले काबारही गर्ने क्रम जारी छ ।

प्रतिक्रिया

TOP