दोस्रो चरणको खोप कुटनीतिक नियोगका कर्मचारी र पत्रकारलाई, सूचना विभागको पास अनिवार्य

काठमाडौँ : पहिलो चरणको खोप कोरोना भाइरसविरुद्ध अग्रमोर्चामा काम गरेका व्यक्तिलाई लगाएको सरकारले दोस्रो चरणमा कुटनीतिक नियोगका कर्मचारी र पत्रकारलाइ प्राथमिकतामा राखेको जनाएको छ ।

सोमबारदेखि दोस्रो चरणको खोप लगाउने तयारी भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । दोस्रो चरणमा दूतावास, यूएन एजेन्सीका कर्मचारी र पत्रकारलाई प्राथमिकतामा राखेर लगाउने भएको हो ।

पहिलो चरण अन्तर्गत माघ १४ देखि शनिबारसम्मको १ लाख ८१ हजार ८ सय ५७ जनाले खोप लगाएका छन् ।

काठमाडौंको सिभिल, शिक्षण, सहिद गंगालाल र ललितपुरको पाटन अस्पतालमा दोस्र्रो चरणको खोप लगाइने शनिबार निर्णय भएको मन्त्रालयमा प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

सिभिल अस्पतालमा पत्रकारलाई र पाटन अस्पतालमा यूएन एजेन्सीमा कार्यरत तथा विदेशी कर्मचारीलाई खोप लगाइने मन्त्रालयले जनाएको छ ।

शिक्षण अस्पताल महारागन्ज र बाँसबारीस्थित सहिद गंगालाल अस्पतालमा दूतावास तथा कूटनीतिक नियोगमा कार्यरत व्यक्ति तथा विदेशी कर्मचारीमा आश्रित व्यक्तिलाई खोप दिइनेछ ।

उनीहरूलाई सोमबारदेखि शुक्रबारसम्म खोप लगाइसक्ने मन्त्रालयले निर्णय गरेको छ ।

खोप लगाउन पत्रकारका लागि सूचना विभागबाट जारी प्रेस प्रमाणपत्र आवश्यक पर्ने मन्त्रालयले जनाएको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जोखिममा रहेर जनतालाई सुसूचित गराउन खटिने सबै पत्रकारले खोप पाउने बताए ।

प्रतिक्रिया

TOP