इटालियन सिरी ‘ए’ फुटबल : क्रिस्टियानो रोनाल्डोको यूभेन्ट्स विजयी

एजेन्सी : इटालियन सिरी ‘ए’ फुटबलमा साविक विजेता युभेन्ट्सले सहज जित निकालेको छ ।

शनिबार राति भएको खेलमा युभेन्ट्सले रोमालाई २-० गोल अन्तरले हराएको छ ।

घरेलु मैदानमा युभेन्ट्सलाई जित दिलाउन क्रिस्टियानो रोनाल्डो र रोजर इबानेजले एक एक गोल गरे ।

खेलको १३ औं मिनेटमा रोनाल्डोले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

त्यसपछि खेलको ६९ औं मिनेटमा रोजरले गोल गर्दा युभेन्ट्स २-० ले विजयी भयो ।

जितसंगै युभेन्ट्स लिगको तेस्रो स्थानमा उक्लिएको छ ।

युभेन्ट्सले २० खेलमा ४२ अंक जोडेको छ ।

युभेन्ट्स शीर्ष स्थानको इन्टर मिलान भन्दा ५ अंकले पछाडी रहेको छ ।

रोमा ४० अंक जोडेर चौंथो स्थानमा रहेको छ ।

प्रतिक्रिया

TOP