२०७७, १३ फाल्गुन बिहीबार
Nepal 1:37:26 pm
Trending
#सर्वाेच्च अदालत #संसद पुनर्स्थापना अग्‍नि खरेल आलिया भट्ट कोरोना खोप कोरोना बिमा खोप अभियान गंगूबाई काठियाडी जनसम्पर्क समिति डा. रवीन्द्र पाण्डे डा बाबुराम भट्टराई नेप्से प्रचण्ड-नेपाल प्रतिनिधि सभा अधिवेशन प्रतिनिधिसभा पुनःस्थापना प्रतिनिधिसभा पुनर्स्थापना प्रतिनिधि सभा बैठक प्रदेश सभा प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओली मेलम्ची रवि लामिछाने राजीनामा वर्षमान पुन विवेकशील साझा शेरबहादुर देउवा संसद पुनर्स्थापना संसद विघटन संसद् पुनःस्थापना सत्तापक्षीय सत्ता सहकार्य सर्वाेच्च अदालत सर्वाेच्चको फैसला सर्वोच्च अदालत साझा विवेकशील पार्टी सुरक्षा परिषद् सुवासचन्द्र नेम्वाङ सेयर बजार स्थायी कमिटी स्पार्क हेल्थ होम अस्पताल हृदयघात
मनाङको तापक्रम माइनस १० डिग्री, किसान भने खुसी
नेपालमञ्च संवाददाता
२०७७ माघ २५ आईतवार
  •  
  •  
  •  
  •  

265

मनाङ : दुई दिनदेखिको निरन्तरको हिमपातले मनाङमा चिसो ह्वात्तै बढेको छ । हिमपातपछि तापक्रम माइनस १० डिग्रीसम्म पुगेको छ ।

स्थानीयका अनुसार घरबाहिर निस्कने अवस्था छैन । लगातारको हिमपातले बाटो अवरुद्ध भएका छन् । दुई फिटसम्म हिउँ परेको स्थानीयले बताए ।

मनाङको नासों गाउँपालिका–९ दानक्युदेखि माथिल्लो क्षेत्रमा व्यापक हिमपात भएको छ । मनाङ ङिस्याङ, नार्पाभूमि र चामे गाउँपालिकामा एक फिटभन्दा बाक्लो हिमपात भएको हो । सडक अवरुद्ध भएपछि सवारी आवागमन ठप्प भएको छ ।

हिमपातले जनजीवन कष्टकर भए पनि किसानहरू भने खुसी छन् । हिमपातले आलु, फापर, गहुँ, जौ, उवालगायत बालीलाई राम्रो गर्ने गौरीशंकर आधारभूत विद्यालयका प्रधानाध्यापक कमल गुरुङले बताए ।

निस्याङ गाउँपालिका–१ ढिकुरपोखरीका पर्यटन व्यवसायी समीरबाबु घलेका अनुसार मनाङमा यो वर्षको पहिलो हिमपात हो । शनिबार लमजुङका उच्च पहाडी क्षेत्रमा पनि हिमपात भएको छ  ।

भर्खरै