सोमबार, मंसिर २० २०७८

समाचार र भिडिओले अफवाह फैलाएको र मानहानी गरेको भन्दै शिल्पा सेट्टी अदालत

समाचार र भिडिओले अफवाह फैलाएको र मानहानी गरेको भन्दै शिल्पा सेट्टी अदालत


Nepal Manch
साउन १५ २०७८, शुक्रबार

एजेन्सी : बलिउड अभिनेत्री शिल्पा सेट्टी केही सञ्चारमाध्यममा प्रकाशित भएका समाचारहरूले आफ्नो मानहानी गरेको भन्दै अदालत गएकी छन्।

टाइम्स अफ इन्डियाका अनुसार शिल्पाले पछिल्लो समय विभिन्न मिडियामा प्रकाशित समाचार र भिडिओले अफवाह फैलाएको र मानहानी गरेको भन्दै बम्बै हाइकोर्टमा मुद्दा हालेकी हुन्।

शिल्पाका श्रीमान तथा व्यापारी राज कुन्द्रा अश्लील चलचित्र बनाएको र प्रसारण गरेको आरोपमा पक्राउ परेका छन्।

सोही विषयमा आफूलाई जोडेर आधारहीन समाचार र भिडिओ मिडियामा आएकाले तिनलाई हटाउनु पर्ने, सम्बन्धित मिडियाले माफी माग्नुपर्ने र आफूलाई २५ करोड भारु क्षतिपूर्ति दिनु पर्ने भन्दै शिल्पाले मुद्दा हालेकी हुन्।

श्रीमानमाथि लागेको आरोपमा आफ्नो कुनै संलग्नता नरहेको भए पनि झुठो समाचार आइरहेकाले समाज, प्रशंसक र परिवारमा आफ्नो छवि धुमिलिएको शिल्पाले बताएकी छन्।

अघिल्लो साता कुन्द्रालाई मुम्बई प्रहरीले पक्राउ गरेपछि शिल्पाका बारेमा लगातार समाचार आइरहेका छन्।

मुम्बई प्रहरीका अनुसार गत फेब्रुअरीमा क्राइम ब्रान्च एउटा उजुरी दर्ता भएको थियो।

त्यसको अनुसन्धानका क्रममा कुन्द्राको सहभागिता देखिएपछि उनलाई पक्राउ गरिएको हो।

कुन्द्रालाई हिरासतमा राखेर प्रहरीले थप अनुसन्धान गरिरहेको छ।


फेसबुक प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट