बैतडीमा किशोरी बलात्कारपछि हत्या घटनाको तत्काल अनुसन्धान गर्न देउवाको माग

बैतडी : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बैतडीमा एक किशोरीको हत्या भएको घटनाका विषयमा तत्काल अनुसन्धान गर्न सरकारसँग माग गरेका छन् ।

उनले घटनाका दोषीलाई कारवाही गर्न पनि सरकारको ध्यानाकर्षण गराएका छन् ।

‘बैतडीको दोगडाकेदार गाउँपालिक–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको हत्याको खवरले निकै मर्माहित भएको छु,’ उनले भने, ‘उक्त घटनाका विषयमा तत्काल अनुसन्धान गरेर दोशीलाई कारबाही गर्न सरकारसँग जोडदार माग गर्दछु। भट्टको आत्माको चिरशान्तिको कामना गर्दै परिवारजनमा ३समवेदना व्यक्त गर्दछु।’

बिहीबार साँझ दोगडाकेदार गाउँपालिका वडा नम्बर ७ की १७ वर्षीय भागरथी भट्ट सोही ठाउँको लवलेक सामुदायिक वनमा मृत फेला परेकी थिइन्।

बुधबार विद्यालयबाट फर्किने क्रममा सम्पर्कविहीन भएकी भट्टको बिहीबार साँझ शव फेला परेको थियो।

प्रतिक्रिया

TOP