बालमैत्री र बालिका केन्द्रित नीति तथा १० वर्षे रणनीतिक कार्ययोजना बनाइने

काठमाडौं : बालबालिका सम्बन्धी नीति तथा १० वर्षे रणनीतिक कार्ययोजनामा बालमैत्री र बालिका केन्द्रित सुझाव पेश सम्बन्धि छलफल कार्यक्रम सम्पन्न भएको छ ।

बालमैत्री स्थानीय शासन राष्ट्रिय मञ्च, बालिका अधिकारका लागि राष्ट्रिय सञ्जाल र जागृति बाल तथा युवा सरोकार नेपालको संयुक्त आयोजना तथा समाजीक सुरक्षा नागरिक समाज सञ्जाल को सहकार्यमा कार्यक्रम आयोजना भएको हो ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र राष्ट्रिय बाल अधिकार परिषद्ले बालबालिका सम्बन्धी नीति तथा १० वर्षे रणनीतिक कार्ययोजनामा तयार गर्न लागेको सन्दर्भमा सम्पुर्ण सरोकारवालाहरुबाट सुझाव आह्वान गरेको हो ।

बालमैत्री स्थानीय शासन र बालिका अधिकार तथा बाल संवेदनशील सामाजिक सुरक्षा सम्बन्धि सुझावहरु संकलनका लागि छलफल आयोजना गरिएको आयोजकले जनाएको छ ।

राष्ट्रिय बाल अधिकार परिषद्का कार्यकारी निर्देशक मिलन धरेलको प्रमुख आतिथ्यता रहेको यस कार्यक्रममा बालबालिकाको क्षेत्रमा कार्यरत युनिसेफ, वर्ल्ड भिजन इन्टरनेशनल नेपाल, सेभ द चिन्ड्रेन, गुड नेवर्स इन्टरनेशनल, केयर नेपाल, युनाइटेड मिसन टु नेपाल, अक्सफाम, एक्सन एड लगायतका विकासका साझेदार संस्थाहरु, १२ वटा भन्दा बढि बालबालिकाका क्षेत्रमा कार्य गर्ने संजालहरुमा संचारकर्मी शिक्षक, बालबालिका र किशोरी प्रतिनिधि तथा ७ वटा प्रदेशका बालबालिका र किशोरीको क्षेत्रमा काम गर्ने अधिकारकर्मी सहित ८० जनाको सहभागीता रहेको थियो ।

No description available.
बालबालिका सम्बन्धी नीति तथा १० वर्षे रणनीतिक कार्ययोजनामा बालमैत्री र बालिका केन्द्रित सुझाव पेश सम्बन्धि छलफल कार्यक्रम

कार्यक्रमको अध्यक्षता नवलपरासीको जागृती बाल तथा युवा सरोकार नेपालले क्यानालानको सहयोगमा संचालित किशोरी सशक्तिकरणकी अभियन्ता निरुता खत्रीले गर्नु भएको थियो ।

कार्यक्रममा बाल क्लबबाट आउनु भएका किशोर किशोरीहरु लगाएत विभिन्न संस्थाका प्रतिनिधि सहभागीहरुले यस विषय सम्बन्धी जिज्ञासा राख्दै बालमैत्री स्थानीय शासनको अवधारणामा लैङ्गिक तथा यौनीक अल्पसङ्ख्यक, अपाङ्गता भएका साथै अन्य सीमान्तकृत बालबालिकालाई विषेश स्थान दिनुपर्ने, बालमैत्री घोषणाको देशभर एकीकृत प्रणाली हुनुपर्ने, बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीति छिटो पारित गर्नुपर्ने, तथा बालिकाका सवालहरुमा लगानी बढाई बाल विवाह अन्त्य, भेदभाव, महिनावारी सरसफाई, आधुनिक दासता, बालिका सशक्तिकरण तथा संकटासन्न बालबालिकाको पहिचान, बालसंबेदनसिल, सामाजिक सुरक्षाको सुनिश्चितता आदि विषयहरुलाई प्राथमिकता दिनुपर्ने जस्ता विभिन्न सवालहरु उठाएका थिए ।

कार्यक्रममा प्राप्त सुझावहरु राष्ट्रिय बाल अधिकार परिषदमा हस्तान्तरण गर्ने योजना रहेको छ । र आगामी एक दशकमा बालमैत्री स्थानीय शासन अवलम्बन, बालिका अधिकार प्रवर्द्धन र बालिकामैत्री सामूदाय, बाल संवेदनसिल सामाजिक सुरक्षाको लागि उत्तम प्रावधान सुनिश्चित गर्न निरन्तर वकालत गरिने प्रतिबद्धता राष्ट्रिय बाल अधिकार परिषदका आत्मराम थापाले गर्नुभएको थियो।

कार्यक्रमको संचालन जागृति बाल तथा युवा सरोकार नेपालका अध्यक्ष तिलोत्तम पौडेलले गर्नुभएको थियो भने बालिका अधिकारका लागी राष्ट्रिय संजालकी नीरिजना भट्टले स्वागत मन्तव्यका साथ उद्देश्यमा प्रकाश पार्नुभएको थियो। साथै बालअधिकार क्षेत्रका विज्ञ तारक धिताल सहभागीहरु बिच समूह कार्य मार्फत सहजिकरण गर्नु भएको थियो ।

प्रतिक्रिया

TOP