
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय लोकतान्त्रिक गणतन्त्रबाट कोही पछाडि हट्न नसक्ने स्पष्ट पारेका छन् ।
प्रधानमन्त्री ओली संविधानप्रति प्रतिवद्ध नभएको र प्राप्त उपलब्धी उल्टाउन सक्रिय भएको आरोप नेकपाकै अर्काे समूहका नेताहरुले लगाइरहेका बेला उनले त्यसलाई खण्डन गरेका हुन् ।
उनले आफू सामाजिक न्यायका पक्षमा सदैव प्रतिवद्ध भएको स्पष्ट पार्दै संघीय लोकतान्त्रिक व्यवस्थालाई कसैले तलमाथि गर्न नसक्ने दावी गरे ।
‘जसले आधा दशकभन्दा बढी गणतन्त्रका लागि लड्यो, सामाजिक न्यायका लागि लड्यो, त्यो केपी ओलीले राजतन्त्र फर्किएको घोषणा गर्छ रे’ उनले भने, हामीले लडेर संघीय लोकतान्त्रिक गणतन्त्र ल्याएका छौं । यो संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई कसैले तलमाथि गर्छ भन्ने नसोचे पनि हुन्छ । कसैले प्रतिगमन नसोचे हुन्छ, देश अघि बढ्यो–बढ्यो’ ।
शुक्रबार काठमाडौंमा आयोजित विशाल सभालाई सम्बोधन गर्दै ओलीले संविधानले प्रत्याभूत गरेको व्यवस्थाले विकासको यात्रालाई फाइदा पुग्ने बताए ।
नेपालमा राजतन्त्र नफर्किने, संघीय गणतन्त्रलाई कसैले तलमाथि गर्न नसक्ने बताए । कोभिड महामारीका बेला स्थानीय तहले खेलेको भूमिकाको प्रशंसा गरे ।
प्रतिक्रिया