काठमाडौंमा आज ओली समूहले शक्ति प्रदर्शन गर्दै, दुई लाख मान्छे उतार्ने दावी

काठमाडौं : नेपाल कम्यूनिष्ट पार्टी दुई समूहमा विभाजित भएसँगै देशैभर शक्ति प्रदर्शनको प्रतिस्पर्धा चलिरहेको छ ।

एउटा समूहले अर्काे पक्षलाई कमजोर देखाउन दुबै समूह देशव्यापी प्रदर्शन र सभाहरु आयोजना गर्दै आएका छन् । यसैक्रममा शुक्रबार नेकपा केपी ओली समूहले काठमाडौंमा शक्ति प्रदर्शन गर्दैछ।

यसअघि प्रचण्ड-माधव समूहले शक्ति प्रदर्शन गरेपछि ओली समूहले प्रदर्शनसहित नारायणहिटी दरबारअघि आमसभा गर्न लागेको हो।

केही समयअघि प्रधानमन्त्री ओलीले सार्वजनिक रूपमै प्रदर्शन कस्तो हुन्छ २३ गते देखाइदिने भनेका थिए।

ओली पक्षले करिब दुई लाख मानिस भेला गराउने दाबी गर्दै आएका छन्।

प्रतिक्रिया

TOP