राष्ट्रिय वाणिज्य बैंंकसँग मिलेर टेलिकमले मोबाइल मनि ल्याउँदै

काठमाडौं : नेपाल टेलिकमले राष्ट्रिय वाणिज्य बैंकसँगको सहकार्यमा डिजिटल पेमेन्टलाई थप प्रभावकारी बनाउने भएको छ । त्यसका लागि कम्पनी नै स्थापना भइसकेको छ ।

डिजिटल पेमेन्ट्स कम्पनी टेलिकमको सहायक कम्पनीको रुपमा कार्य गर्ने गरी मोबाइल फाइनान्स सर्भिस सञ्चालनको अन्तिम तयारी गरिएको टेलिकमका प्रबन्ध निर्देशक डिल्ली अधिकारीले जानकारी दिए ।

उनका अनुसार कम्पनीले डिजिटल पेमेन्ट अर्थात् मोबाइल मनिका लागि चाहिने आवश्यक पूर्वाधारको समेत तयारी गरिरहेको छ ।

आगामी दिनमा मोबाइलबाटै सबै कारोबार गर्न सकिने भएकाले नेपाली जनताका लागि यो नयाँ अनुभव हुने टेलिकमको विश्वास छ ।

प्रतिक्रिया

TOP