
काठमाडौं : प्रहरीले बन्द गराउँदै हिडेका करिव सय जनालाई पक्राउ गरेको छ । उनीहरुलाई काठमाडौंका विभिन्न स्थानबाट नियन्त्रणमा लिएको हो ।
काठमाडौंको कलंकीबाट बिहानै नेतृ अष्टलक्ष्मी शाक्यसहितका नेता कर्यकर्तालाई प्रहरीले पक्राउ गरेको थियो ।
प्रचण्ड-नेपाल समूहले आज नेपाल बन्दको आह्वान गरेको हो ।
बन्द सफल बनाउन भन्दै उक्त समूहका नेता कार्यकर्ताहरु बिहानैदेखि सडकमा देखिएका छन् ।
उनीहरुले सार्वजनिक र नीजि सवारी चल्न दिएका छैनन् भने पसलहरु पनि खोल्न रोक लगाएका छन् ।
प्रहरीका अनुसार बन्द आह्वान कर्ताहरुले बिहानै बालाजुमा एक ट्याक्सीमा आगजनी गरेका छन् भने चावहीलको मित्रपार्कमा एक गाडीमा तोडफोड गरेका छन् ।
प्रहरीले बन्द गराउँदै हिँडेका करिव सय जनालाई नियन्त्रणमा लिएको छ । काठमाडौं उपत्यकामा बन्दको प्रभाव देखिएको छ ।
सार्वजनिक यातायात चलेका छैनन् भने नीजि सवारी साधन पनि सञ्चालनमा छैनन् । प्रचण्ड नेपाल समूहले अत्यावश्यक सवारी साधन सञ्चालनमा अवरोध नगर्ने जनाएको छ ।
प्रतिक्रिया