‘गरी खाने’ ट्याक्सी जलाएर के पायौ नेताज्यू ?

काठमाडौं : आज नेकपाको प्रचण्ड-नेपाल समूहले नेपाल बन्द आह्वान गरेको छ । आज बिहानैदेखि नेकपाका कार्यकर्ताहरु बन्द आह्वान गर्दै सडकमा देखिएका छन् ।

उनीहरुले बालाजुमा एक ट्याक्सीमा आगजनी गरेका छन् । बन्दको अवज्ञा गरेको भन्दै प्रचण्ड नेपाल समूहका कार्यकर्ताले ट्याक्सी जलाइदिएका हुन् ।

तर बन्दको सर्वत्र विरोध भइरहेकै बेला ट्याक्सीमा आगजनी गरेपछि प्रचण्ड नेपाल समूहको थप आलोचना भएको छ ।

‘गरी खाने’ ट्याक्सी जलाएर के पायौ नेता ? भन्दै सामाजिक सञ्चालमा आलोचना भइरहेको छ ।

सरकारले बन्दको अवज्ञा गर्न आमनागरिकमा आग्रह गरेको थियो ।

गृहमन्त्रालयले सार्वजनिक यातायात निर्वाध सञ्चालन गर्न र व्यापार व्यवसाय पनि बन्द नगर्न आग्रह गरेको थियो ।

सार्वजनिक सम्पतिमा तोडफोड गरिए कडा कारवाही गर्ने चेतावनी सरकारले दिएको थियो ।

प्रतिक्रिया

TOP