
काठमाडौं : प्रहरीले प्रचण्ड-नेपाल समूहकी नेतृ अष्टलक्ष्मी शाक्यलाई कलंकीबाट पक्राउ गरेको छ ।
प्रचण्ड-नेपाल समूहले आह्वान गरेको नेपाल बन्द गराउन कलंकी चोकमा पुगेकी नेतृ शाक्यलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
नेतृ शाक्यसँगै अन्य नेता कार्यकर्तालाई पनि प्रहरीले पक्राउ गरेको नेकपाका नेता विष्णु रिजालले जानकारी दिए ।
प्रचण्ड नेपाल समूहले नेकपाकै अर्काे समूह प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आज नेपाल बन्दको घोषणा गरेको हो ।
नेकपाले बन्द सफल बनाउन काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा शीर्ष नेताहरुलाई परिचालन गरेको थियो । तर सरकारले भने बन्दको अवज्ञा गर्न सर्वसाधारणलाई आग्रह गरेको थियो ।
प्रतिक्रिया