
त्रिभुवन विश्वविद्यालयले आमहड्तालका कारण परीक्षा नरोकिने स्पष्ट पारेको छ ।
नेकपा प्रचण्ड-नेपाल समूहले बिहीबार आमहड्ताल घोषणा गरेपछि त्रिविले परीक्षा नरोकिने बताएको हो ।
‘आमहड्तालले परीक्षा रोकिँदैन । आमहड्ताल घोषणा गरेको पक्षबाट परीक्षालाई असर नपार्ने भन्नु भएको छ’, परीक्षा नियन्त्रक पुष्पराज जोशीले भने, ‘परीक्षा बिहान समयमै हुन्छ । समयमै प्रश्नपत्र पुर्याउँछौं ।’
त्रिविको स्नातक तहका ६ वटा संकायको परीक्षा चलिरहेको छ । परीक्षामा ५१ हजार विद्यार्थी समेल रहेको नियन्त्रक जोशीले बताए ।
प्रतिक्रिया