Online Nepal
  • मंगलबार, १३ मंसिर २०७९
  • प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री मोदीबीच टेलिफोन वार्ता

    प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री मोदीबीच टेलिफोन वार्ता

    नेपालमञ्च संवाददाता
    साउन ४ २०७८, सोमबार
    390
    SHARES

    काठमडौं : प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच  टेलिफोन वार्ता भएको छ ।

    प्रधानमन्त्री मोदीले ट्वीटरमार्फत देउवासँग टेलिफोन वार्ता भएको पुष्टि गरेका छन् ।

    फोन वार्ताका क्रममा प्रधानमन्त्री मोदीले देउवालाई बधाई तथा शुभकामना दिँदै दुई देशबीचको सम्बन्ध थप सुदृढ हुने विश्वास व्यक्त गरेको मोदीले उल्लेख गरेका छन् ।

    यस्तै मोदीले कोरोना महामारी लगायत विषयमा सहकार्य गरेर अघि बढ्ने कुरा पनि राखेको जानकारी दिए।

    सो क्रममा देउवाले बधाई दिएकोमा मोदीलाई धन्यवाद दिँदै साझा विषयहरुमा मिलेर काम गर्न तयार रहेको धारणा राखेको बताइएको छ ।

    यसअघि आइतबार पनि संसदबाट विश्वासको मत जितेपछि मोदीले देउवालाई बधाई दिएका थिए ।

    प्रधानमन्त्री मोदीले ट्वीटरमार्फत देउवासँग टेलिफोन वार्ता भएको पुष्टि गर्दै लेखेका छन् :

     

     

     

     


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalmanch.com Site By: SobizTrend