
काठमाडौं : नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले आफूले महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
उनले आसन्न महाधिवेशनमा महामन्त्री पदका लागि तयारीमा पनि जुटिसकेको बताए ।
नागरिकन्यूजसँगको भिडियो अन्तर्वार्तामा उनले भने, ‘म सभापतिपछिको दोस्रो पदमा उम्मेदवारी दिने तयारी गरेको छु,’ उनले भने, ‘त्यो भनेको महामन्त्री पद हो । त्यसको तयारीमा जुटिसकेको छु ।’
उनले सभापति पदमा आधा दर्जन बढी नेताहरुको दावी गरेको उल्लेख गर्दै त्यो स्वभाविक भएको बताए ।
उनले विगतमा कठिन अवस्थामा पनि महाधिवेशन भएको प्रसंग उल्लेख गर्दै कांग्रेसले संवैधानिक व्यवस्था अनुसार समयमै महाधिवेशन गर्ने बताए । नेता रिजालले महाधिवेशनका लागि सभापति बढी जिम्मेवार बन्नुपर्नेमा जोड दिए ।
पूर्वमन्त्रीसमेत रहेका नेता रिजालले संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम संविधानविपरीत भएको दावी गरे ।
उनले आफू संविधानको मस्यौदाकारमध्ये एक भएको उल्लेख गर्दै संविधानले प्रधानमन्त्रीलाई संसद विघटनको कुनै पनि अधिकार नदिएको स्पष्ट पारे ।
उनले संविधानको व्यवस्था अनुसार सर्वाेच्च अदालतले व्याख्या गर्ने विश्वास व्यक्त गरे ।
प्रतिक्रिया