संवैधानिक आयोगका पदाधिकारी र सदस्यद्वारा सपथ ग्रहण, आजदेखि नै कार्यभार सम्हाल्ने

काठमाडौँ : विभिन्न संवैधानिक आयोगमा सिफारिस पदाधिकारी र सदस्यले पद तथा गोपनियताको सपथ लिएका छन् ।

प्रतिनिधिसभा विघटन भएका कारण संसदीय सुनुवाई बिना नै उनीहरुले सपथ ग्रहण गरेका हुन् ।

संवैधानिक व्यवस्था अनुसार संसदीय सुनुवाई नभए ४५ दिनपछि स्वत नियुक्त हुने प्रावधान छ ।

बुधबार बिहान राष्ट्रपति कार्यालयमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आयोगका अध्यक्षमा सिफारिस भएकाहरूलाई शपथ गराएका हुन् ।

प्रधानन्यायाधीश जबराले विभिन्न ५ आयोगमा सिफारिस भएकाहरुलाई शपथ ग्रहण गराएका थिए । त्यस्तै सदस्यहरुलाई सम्बन्धित आयोगका अध्यक्षहरुले शपथ खुवाए ।

विभिन्न संवैधानिक निकायमा सिफारिस भएका ४५ जनामध्ये ३८ जना पदाधिकारीहरूले शपथ ग्रहण गरेको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया

TOP