
कुनै पनि कारणवश मस्तिष्कको सम्झिने क्षमताका साथसाथै अन्य कुनै कार्यक्षमतामा विस्तारै कमजोरी आई दैनिक क्रियाकलापमा असर पर्नुलाई ‘विस्मृति’ भनिन्छ । विस्मृतिका विविध कारणहरूमध्ये प्रमुख कारण ‘अल्जाइमर्स’ हो ।
अध्ययनहरूको अनुसार प्रति १०० जना विस्मृतिका विरामीमध्ये दुई तिहाई बिरामीहरूमा ‘अल्जाइमर्स’ रोग देखिन्छ । यो रोग विशेष गरी ज्येष्ठ नागरिकहरुमा देखिने स्वास्थ्य समस्या हो । अन्तर्राष्ट्रिय आँकडाहरूका अनुसार ६५ वर्ष भन्दा कम उमेर समूहका ४५ प्रतिशत लाई यो रोग देखिन्छ ६५ देखि ७५ वर्ष उमेर समूहका ५५ र ७५ देखि ८५ वर्ष उमेर समूहका ४४ प्रतिशतमा यो रोग देखिन्छ । सरसर्ती हेर्दा अल्जाइमर्स रोग निदान भएका मध्ये ८२ प्रतिशत जति बिरामीहरु ७५ वर्षभन्दा बढी उमेर समूहमा पर्दछन् ।
हाम्रो देशको परिप्रेक्षमा हालसम्म अल्जाइमर्सका बिरामीहरूको यकिन तथ्याङ्क नभएता पनि ‘अल्जाइमर्स डिजिज इन्टरनेशनल’ को प्रक्षेपण अनुसार सन् २०१५ मा यस रोगबाट पीडितको संख्या ७८ हजार रहेको छ भने यो संख्या बढेर सन् २०३० मा १ लाख ३४ हजार र सन् २०५० सम्ममा २ लाख ८५ हजार पुग्ने अनुमान गरिएको छ ।
अल्जाइमर्स रोग विशेष गरी ज्येष्ठ नागरिकमा लाग्ने रोग भएता पनि यसको यकिन कारण अहिलेसम्म पत्ता लगाउन सकिएको छैन । विभिन्न अध्ययन-अनुसन्धानले देखाए अनुसार बुढ्यौली, आनुवांशिकता, अधिक मोटोपना, मधुमेह, उच्च–रक्तचाप, ‘मेटाबोलिक सिन्ड्रोम’, रगतमा अधिक चिल्लोपना (डिसलिपिडेमिया), डाउन सिन्ड्रोम, मस्तिष्कसम्बन्धी चोटपटक जस्ता विभिन्न स्वास्थ्य समस्याहरूले कुनै पनि व्यक्तिमा अल्जाइमर्स रोग लाग्ने जोखिमलाई बढाइरहेका हुन्छन् ।
लक्षणहरूको हिसाबले यो रोगका निम्नलिखित तीन अवस्था र सोही अनुसारका लक्षणहरू हुन्छन् ।
(क) कम कडा अवस्था (माइल्ड स्टेज) :
– स्मरण शक्तिमा क्रमिक रुपमा गिरावट देखिदै जानु ।
– पूर्वजानकारी भएका व्यक्तिरनातागोता एवं ठाउँहरूलाई चिन्नमा समस्या हुनु ।
– व्यवहाररव्यक्तित्वमा क्रमिक रुपमा परिवर्तन हुँदै जानु ।
(ख) अलि कडा अवस्था (मोडरेट स्टेज) :
– माथि उल्लेखित समस्याहरू, क्रमिक रुपमा बढ्दै जानु ।
– परिवार भित्रैका सदस्यलाई पनि चिन्नमा समस्या हुनु ।
– नयाँ विषय तथा कार्यहरू सिक्नमा समस्या हुनु ।
– साविकको घरको बाटो बिराउनुरहराउनु ।
– एउटै कुरारकाम अनावश्यक रुपमा दोहोर्याइ रहनु ।
– अधिकरअनावश्यक शङ्का गर्नुस नभएको कुरा देख्नुरसुन्नुस अधिक डराउनुस अधिक
आवेशमा आउनु ।
– सामाजिक रुपमा आपत्तिजनक कामरव्यवहाररभाषा प्रयोग गर्नु ।
(ग) अति कडा अवस्था (सिभियर स्टेज) :
– माथि उल्लेखित लक्षणहरू क्रमिक रुपले अरु बल्झिदै जानु ।
– खाना खानरचपाउनरनिल्नमा क्रमिक रुपमा समस्या आई सर्केर हुने न्युमोनिया (एस्पिरेसन न्युमोनिया) बाट बिरामी बारम्बार पिडीत भइरहनु ।
– तौल घट्दै जानुस आलस्य र निद्रा बढ्दै जानु ।
– दिसारपिसाबमा नियन्त्रण हराउदै जानुस कपडारबिस्तारामै हुनु ।
– बोल्नमा पनि समस्या बढ्दै गई अस्पष्ट रुपमा आवाज निकाल्नु ।
– विस्तारामा सीमित भई, सो सम्बन्धी जटीलताहरू बढ्दै जानु ।
निदान
यस रोगको निदान विशेषज्ञ चिकित्सकले बिरामी र बिरामीका नजिकका आफन्तजनसँग लक्षणमा आधारीत भई गरिने कुराकानी (हिष्ट्री टेकिङ्ग) का आधारमै हुने गर्दछ । अल्जाइमर्स बाहेक विस्मृतिका अन्य विभिन्न कारणहरू पनि हुने हुँदा रगतसंग सम्बन्धित केही र आवश्यक लागेको खण्डमा मस्तिष्कको पानी (सी.एस्ए.फ) को जाँच पनि गर्नुपर्ने हुनसक्छ । त्यसैगरी मस्तिष्कको सीटी स्क्यान, एम्आरआई. जस्ता जाँचहरू पनि गर्नुपर्ने हुन सक्छ ताकि अल्जाइमर्स रोगसंग मेल खाने अन्य विस्मृतिसंग सम्बन्धित कारणहरूको पनि समयमै निदान हुन सकोस् ।
यी बाहेक यस रोगको भरपर्दो निदानका लागि गर्न सकिने विविध खालका जाँचहरू हालसम्म अनुसन्धानकै क्रममा छन् ।
उपचार :
दुस्खको कुरा के छ भनेस हालसम्म उपलब्ध उपचार पद्धति र औषधीहरूले यो रोगलाई पूर्ण रुपमा निको पार्न चाहिँ सकिदैनस केवल रोग एक अवस्थादेखि अर्को अवस्थासम्म बल्झिदै जाने गतिलाई कम गर्न मात्र सकिन्छ । विविध सम्भाव्य औषधीहरू अनुसन्धानको दायरामा छन् र केही आशलाग्दा नतिजाहरू पनि आउने क्रममै छन् ।
हालसम्म यो रोगको उपचारमा प्रयोग हुने औषधीहरु ‘कोलिनइस्टरेज इन्हिबिटर्स’ र ‘एन्.एम्डीए एन्टागोनिष्ट’ गरी दुई समूहमा पर्दछन् । व्यवहारजन्य समस्याहरुको कारण यस रोगका बिरामीहरुको उपचार अझै बढी जटिल हुने गर्दछ । उपलब्ध विभिन्न औषधीको सहयोगमा यस्ता व्यवहारजन्य समस्याहरूलाई समयमै नियन्त्रण गर्न सकिन्छ ।
यस रोगको समयमै निदान गर्न सकियो भने हाल उपलब्ध उपचार पद्धतिले विरामीलाई लामो समयसम्म बिना कुनै जटीलता बचाइ राख्न सकिन्छ । उचित औषधी–उपचार, नियमित रुपमा विशेषज्ञ स्वास्थ्यकर्मीसँग परामर्श र उचित स्याहार–सुसारको प्रबन्धबाट यो रोग निदान भएपश्चात दुई दशकभन्दा बढी बिरामी बाँचेका उदाहरण पनि छन् । त्यसको विपरित उचित स्वास्थोपचार र स्याहार–सुसारको अभावमा दुई वर्ष पनि नपुग्दै बिरामीले मृत्युवरण गर्न पुगेका पनि छन् । यस रोगमा बिरामीको मृत्युको प्रमुख कारण खानारपानी सर्केर हुने फोक्सोको सङ्क्रमण ‘एस्पिरेसन न्युमोनिया’ नै हो ।
पारिवारिक एवं सामाजिक प्रभाब :
यो रोग दीर्घकालीन प्रकृतिको हुने र रोग बल्झिंदै जाँदा बिरामी दैनिक जीवनका सामान्य कामकुरोहरूमा पनि पारिवारिक सदस्यहरूमा पूर्ण रुपमा निर्भर हुने हुँदा, यसले परिवारमा नकारात्मक प्रभाव पार्ने सम्भावना रहन्छ । यो रोगले बिरामीको प्राथमिक स्याहारकर्ता (प्राइमरी केयरगिभर) लाई ‘डिप्रेशन’ जस्तो घातक मानसिक समस्या तर्फ धकेल्दै जाने जोखिम बढी हुन्छ । स्मरण शक्तिको क्षयीकरणसंगै देखिने मानसिक समस्याहरूका कारण विरामीहरूले सामाजिक रुपमा आपत्तिजनक मानिने कामरव्यवहार प्रदर्शन गर्ने र कुनै–कुनै अवस्थामा यौनजन्य अपराधिक क्रियाकलापमा समेत संलग्न हुने जोखिम रहन्छ । त्यसको परिणामस्वरुप परिवारभित्रै र समाजभित्र पनि बिग्रहको अवस्था आउन सक्ने सम्भावना पनि रहन्छ ।
तसर्थ यो रोगको उपचार गर्ने क्रममा बिरामी मात्र होइनस बिरामीको पारिवारिक वातावरण र सदस्यहरुको शारिरिक एवं मानसिक स्वास्थ्यको पनि ख्याल गर्नु अत्यन्तै आवश्यक रहन्छ ।
संक्षेपमा भन्नुपर्दा, एउटा तहसम्म सामान्य कामरकुराहरू बिर्सनु बुढ्यौली कै उपज हुन सक्ने भएता पनि माथि उल्लेखित लक्षणहरू क्रमिक रुपमा देखिंदै गएका छन् भने, ज्येष्ठ नागरिकहरूलाई अल्जाइमर्स रोग लाग्ने सम्भावना बढी नै हुन्छ । बेलैमा विशेषज्ञ चिकित्सकसँग परामर्श गराई हाल उपलब्ध औषधी–उपचार शुरु गरिएको खण्डमा यो रोग बल्झिने गति र यससँग सम्बन्धित जटीलताहरूलाई पनि नियन्त्रणमा राख्न सकिन्छ र यसबाट स्याहारकर्ताहरूमा देखिन सक्ने शारीरिक, मानसिक पीडा एवं आर्थिक समस्याहरूको पनि न्युनिकरण गर्न सकिन्छ । व्यक्तिगत, पारिवारिक, सामाजिक एवं राज्यकै तहबाट अल्जाइमर्स रोगका बिरामीहरूले सम्मानजनक जीवन जिउन पाउने बातावरणको निर्माणार्थ समयमै पहल गर्नु आजको प्राथमिक आवश्यकता हो ।
प्रतिक्रिया