Online Nepal
  • मंगलबार, १३ मंसिर २०७९
  • सप्तरी जिल्लाको आर्थिक विकासमा ठूलो मद्दत पुग्छ : प्रधानमन्त्री

    सप्तरी जिल्लाको आर्थिक विकासमा ठूलो मद्दत पुग्छ : प्रधानमन्त्री

    नेपालमञ्च संवाददाता
    असार २२ २०७८, मंगलबार
    1K
    SHARES

    काठमाडौं : लामो समयदेखीको जग्गा विवादले अन्यौलमा परेको रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान मेडिकल कलेज राजविराजमा बन्ने निश्चित भएको छ ।

    जग्गा विवादको निरुपण गराउँदै प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार काठमाडौंबाट भर्चुअल माध्यमबाट शिलान्यास गरेका छन् ।

    शिलान्याससँगै प्रतिष्ठान निर्माण कार्य अघि बढेको छ ।

    सो अवसरमा प्रधानमन्त्री ओलीले प्रतिष्ठान निर्माणको काम पूरा भएपछि सप्तरी जिल्लाको आर्थिक विकासमा ठूलो मद्दत पुग्ने विश्वास ब्यक्त गरे।

    २०७५ भदौं १ गते प्रधानमन्त्री ओलीले प्रदेश २ को प्रदेश सभालाई सम्बोधन गर्दै राजविराजमा गणतन्त्रवादी नेता रामराजा प्रसाद सिंहको नाउँमा मेडिकल कलेज स्थापना गर्ने घोषणा गरेका थिए।

    जसका लागि राजविराज नगरपालिकाले १० नं. वडा बिरौलस्थित हुलाकी राजमार्ग छेउमा ६२ विगहा जग्गा उपलब्ध गराएको थियो ।
    तर, उक्त जग्गा यसअघि नै नगरपालिकाले कृषि हाट बजारका लागि लिजमा दिइसकेको भन्दै स्थानिय एक सहकारी संस्थाले दाबी गरेपछि विवाद भएको थियो ।
    झण्डै १२ अर्बको लागत रहेको प्रतिष्ठान निर्माण कार्य तिब्र गतिमा बढाउने र पाँच वर्ष भित्र सम्पन्न गरि संचालनमा ल्याई सकिने लक्ष्य रहेको रामराजा स्वास्थ्य वित्रान प्रतिष्ठान पूर्वाधार तयारी विकास समितिले जनाएको छ ।

    ((


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalmanch.com Site By: SobizTrend