एपीएफलाई हराउँदै आर्मीले उचाल्यो उपाधी

काठमाडौं : विभागीय डर्बीमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई पराजित गर्दै त्रिभुवन आर्मी क्लबले चौथो संस्करणको प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।

त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा शनिबार भएको फाइनलमा एपीएफलाई ३३ रनले पराजित गर्दै आर्मीले उपाधिसँगै १० लाख जितेको छ । उपविजेता एपीएफले पाँच लाखमा चित्त बुझाएको छ ।

पहिलो संस्करणमा नेपाल पुलिससँग उपाधि बाँडेको आर्मी दोस्रो संस्करणको फाइनलमा एपीएफसँग पराजित भएको थियो । तेस्रो संस्करणको फाइनलमा पुलिससँग पराजित भएको आर्मीले चौथो संस्करणको फाइनल जित्दा उपाधि त जित्यो नै, समूह चरणमा एपीएफ व्यहोरेको हारको बदला पनि लिएको छ ।

प्रतिक्रिया

TOP