Online Nepal
  • मंगलबार, १३ मंसिर २०७९
  • प्रधानमन्त्री बन्न प्रस्तुत आधार पुगे नपुगेको हेर्ने अधिकार राष्ट्रपतिलाई छ : सहन्यायाधिवक्ता

    प्रधानमन्त्री बन्न प्रस्तुत आधार पुगे नपुगेको हेर्ने अधिकार राष्ट्रपतिलाई छ : सहन्यायाधिवक्ता

    नेपालमञ्च संवाददाता
    असार १६ २०७८, बुधबार
    1.6K
    SHARES

    काठमाडौं : प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा आज पनि सरकारी पक्षले बहस गरिरहेको छ ।

    संवैधानिक इजलासमा जारी सुनुवाइमा विपक्षीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई संविधानको धारा ७६ (५)को सरकारबारे निर्णय लिने अधिकार भएको दावी गरेका छन् ।

    सहन्यायाधिवक्ता गोपालप्रसाद रिजालले ७६ ९५० अनुसार प्रधानमन्त्रीमा दावी गर्ने प्रतिनिधिसभा सदस्यको दावी पुगे नपुगेको हेर्ने अधिकार राष्ट्रपतिमा मात्रै निहित रहेको बताएका छन् ।

    ‘प्रधानमन्त्री बन्न प्रस्तुत आधार पुगे नपुगेको हेर्ने अधिकार राष्ट्रपतिकै हो । त्यही अधिकार प्रयोग गरेर राष्ट्रपतिले दुवै दावीलाई अस्वीकार गर्नुभएको हो । दुवै दावीमा राष्ट्रपतिले आधार भेट्नुभएन ।अब राष्ट्रपतिले गरेको निर्णय मानेर जानु नै उत्तम निकास हो’, रिजालले भने ।

    त्यस्तै सहन्यायाधिवक्ता सञ्जिवराज रेग्मीले राष्ट्रपतिले संविधानतः प्रयोग गरेको अधिकारमा पुनरावलोकन नहुने दावी गरेका छन् । ‘ ७६ को ५ ले बहुमतको आधार प्रस्तुत गरेमा भनेको छ । त्यस्तो आधार राष्ट्रपतिले नै हेर्ने हो । राष्ट्रपतिले हेरिसकेपछि रिभ्यु गर्न मिल्दैन’, रेग्मीले भने ।

    उनले दुवै पक्षले विश्वासको मत पाउने वा बहुमत सिद्ध गर्ने आधार राष्ट्रपतिले नभेट्नु स्वभाविक भएको बताए ।

    ‘एकजनाले दलको समर्थन बिना र अर्कोले सांसदको हस्ताक्षरबिना आधार प्रस्तुत गर्नुभएको थियो ।

    यसबाट दुवैले विश्वासको मत पाउने आधार त देखिएन नि’, रेग्मीले भने । राष्ट्रपतिलाई संविधानले नै अधिकार दिएकोले त्यसबारे न्यायिक पुनरावलोक हुन नसक्ने रेग्मीको भनाइ थियो ।

     


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalmanch.com Site By: SobizTrend