
काठमाडौं : नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले राष्ट्रपति र प्रधानमन्त्री संविधानभन्दा माथि बस्न चाहेको आरोप लगाएका छन् ।
सहिद दिवसका अवसर कांग्रेस काठमाडौं क्षेत्र नम्बर ६ ले शुक्रबार शान्तिवाटिकामा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै पौडेलले भने, ‘हामीले संविधानभन्दा माथि कसैलाई पनि नराख्न राजतन्त्रको अन्त्य गरेर गणतन्त्र ल्याएका हौं । तर, अहिले हाम्रा राष्ट्रपति र प्रधानमन्त्री फेरि राजाजस्तै संविधानभन्दा माथि बस्न चाहिरहनुभएको छ ।’
पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको आन्तरिक किचलोकै कारण प्रतिनिधिसभा विघटन गरेको आरोप लगाए । उनले भने, ‘पार्टीभित्र आफू अल्पमतमा परेपछि प्रधानमन्त्री ओलीले संसद् विघटन गर्नुभएको हो । पार्टीभित्रको विवादको विषयलाई लिएर हठातमा संसद् विघटन गर्न पाइन्न ।’
पौडेलले प्रधानमन्त्री ओली गणतन्त्र विरोधी नेता भएको आरोप लगाए ।
प्रतिक्रिया