केही दिन समय माग्दै प्रचण्ड-नेपाल समूहले निर्वाचन आयोगलाई बुझायो पत्र (पत्रसहित)

अध्यक्षद्वय काठमाडौं बाहिर रहेको जानकारी गराउँदै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल पक्षले छलफलको मिति केही दिन सार्न निर्वाचन आयोगलाई पत्र बुझाएको छ ।

आयोगले नेकपाका दुबै समूहलाई आज बिहान साढे ११ बजे छलफलका लागि बोलाएको थियो ।प्रचण्ड-नेपाल समूहका नेताहरूले अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल राजधानीबाहिर भएकाले छलफल सहभागी नहुने जानकारी आयोगलाई गराएको बताए ।

प्रचण्ड-नेपाल पक्ष माघ १८ गतेसम्म उपत्यकाबाहिरका राजनीतिक कार्यक्रममा छन्। छलफलको मिति केही दिन सार्न माग गर्दै प्रचण्ड नेपाल समूहका राजेन्द्र पाण्डे र लीलामणि पोखरेलसहित नेताहरूका आज बिहान निर्वाचन आयोग पुगेका थिए ।

केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले प्रचण्ड-नेपाल बाहिर रहेका कारण प्रतिनिधि मनोनयन पनि गर्न नसकिएको चिठी निर्वाचन आयोगमा पठाएका छन्।

mभमजबखष्दष्मज बिद दयह बम छलदm दयह बम द्ध
अध्यक्ष वा अध्यक्षले तोकेको प्रतिनिधि पठाउन आयोगले बिहीबार प्रचण्ड(नेपाल र प्रधानमन्त्री केपी ओली पक्षलाई भनेको थियो।

‘माघ १८ गतेपछि उपयुक्त मिति र समयमा छलफलको आयोजना गर्न हुन अध्यक्षज्यूको अनुरोध छ,’ ढकालले आयोगमा पठाएको पत्रमा छ।

प्रतिक्रिया

TOP