निर्वाचन आयोगले बोलायो नेकपाका दुबै समूहलाई, आज दुबै पक्षसँग छलफल गर्ने

काठमाडौँ : निर्वाचन आयोगले नेकपाका दुवै पक्षलाई निर्वाचन प्रयोजनका लागि शुक्रबार उपस्थित हुन बोलाएको छ ।

दुवै समूहका अध्यक्ष आफैं वा निजले तोकेका आधिकारिक ५ जना व्यक्तिलाई आयोगले शुक्रबार दिउँसो साढे ११ बजे बोलाएको हो ।

आयोजका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार दुवै पक्षलाई निर्वाचन प्रयोजन र प्रक्रियाका लागि बोलाएको हो । शुक्रबार नेकपाको विभाजनसम्बन्धी पनि छलफल हुने प्रवक्ता श्रेष्ठले बताए ।

सरकारले आगामी वैशाख १७ र २७ निर्वाचनको मिति तोकेपछि आयोजले दल दर्ता प्रक्रिया चाँडै नै सुरु गर्ने बताएको छ । नेकपाको विवाद निरुपण र विभाजन सम्बन्धीमा शुक्रबार आयोगमा छलफल हुने बताइएको छ ।

यसअघि नेकपाका दुई पक्षले अलग–अलग ढंगले पार्टीमा गरेको फेरबदललाई निर्वाचन आयोगले अस्वीकार गरिसकेको छ । दलको विधानलाई आधार मानेर सोधिएका सवालमा दुवै पक्षले दिएको जवाफप्रति आयोग सन्तुष्ट हुन नसकेको हो ।

प्रतिक्रिया

TOP