प्रतिनिधिसभा विघटनविरुद्धको मुद्धामा आज पनि सुनुवाई

सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामाथि आज पनि सुनुवाइ हुँदैछ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासहित विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको इजलासले यो मुद्दाको निरन्तर सुनुवाइ गरिरहेको छ ।

आजको सुनुवाइमा इजलासले वकिलहरूलाई बहसका लागि समय तोकिदिने छ । यसबारे जानकारी हिजो बुधबारको बहस सकिएपछि प्रधानन्यायाधीश राणाले गराइसकेका छन् । बहसमा नसमेटिएका विषय लिखत बहसनोटमा उपलब्ध गराउन उनको सुझाव छ ।

करिब तीन सयजना कानुन व्यवसायीको वकालतनामा भए पनि दैनिक दुई/तीन जनाले बहस गर्ने गरेका छन् । सोमबारदेखि बुधबारसम्म छ जनाले मात्र बहस सकेका छन् ।

प्रतिक्रिया

TOP