मेस्सीको गोलमा बार्सिलोना कोपा डेल रे फुटबलको क्वाटरफाइनलमा

रायो भालेकानोलाई २-१ गोलले हराउँदै बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबलको क्वाटरफाइनल प्रवेश गरेको छ ।

गएराति भएको भएको खेलमा भालेकानोलाई पराजित गर्दा लियोनल मेस्सी र फ्रेन्की डी जोङले गोल गरे ।

खेलको ६३औँ मिनेटमा गार्सिया टोरेसको गोलबाट भालेकानोले अग्रता लिएको थियो । तर, ६९औँ मेस्सीले गोल गरी खेललाई बराबरीमा फर्काए । त्यसपछि ८०औँ मिनेटमा फ्रेन्की डी जोङको गोलबाट बार्सिनोलाले जित पक्का गरेको हो ।

प्रतिक्रिया

TOP