
काठमाडौं : हाँस्य कलाकार शिवशंकर रिजाल ‘जोगिन्दर’ ले इँटाभट्टामा काम गर्ने परिवारका बालबालिकालाई न्यानो कपडा वितरण गरेका छन् । तनहुँमा रहेको एबिआई इँटाभट्टामा कार्यरत करिव ५० भन्दा बढि बालबालिकालाई लुगा वितरण गरेका हुन् । उनले चिसोबाट जोगिन बालबालिकालाई न्यानो लुगा वितरण गरिएको जानकारी दिए ।
बालबालिकाका लागि लुगा भने इँटाभट्टाले नै उपलब्ध गराएको कलाकार जोगिन्दरले बताए । ‘यो महत्वपूर्ण र पवित्र कार्य गरेकोमा एबिआई परिवारलाई धन्यवाद,’ उनले भने, ‘काम गर्ने परिवारका सदस्यहरुप्रतिको कम्पनीको माया पनि हो यो ।’
म्याग्दे गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरे र गोविन्दराम पन्त इटाभट्टा सञ्चालक हुन् । सञ्चालक पन्तका अनुसार इँटाभट्टामा तीन सय कामदार कार्यरत छन् । कम्पनीले कामदार परिवारका सबै बालबालिकालाई निशुल्क पढाउने व्यवस्थासमेत गरेको सञ्चालक पन्तले जानकारी दिए । ‘हामीले लकडाउनका बेला पनि कामदारको सम्पूर्ण खाने बस्ने व्यवस्था गरिदिएका थियौं,’ उनले भने ।


प्रतिक्रिया