मेलिना राईको स्वरमा “धड्कि रहन्छ मुटुभरी” सार्वजनिक

काठमाडौं : पछिल्लो समयकी चर्चित गायीका मेलीना राईको स्वरमा सजिएको “धड्कि रहन्छ मुटुभरी” बोलको गीतसँगै भिडियो सार्वजनिक भएको छ । गीतमा साहित्यकार कवि एवं सहरी मन्त्रालयका पूर्व सचिव दिपेन्द्रनाथ शर्माको शब्द कन्काइष्ट राईको संगीत र देवेश राईको एरेन्ज रहेको छ ।

यस गीतको भिडियोमा नायिका वर्षा राउत र मोडल कुङसाङ बम्जनको अभिनय रहेको छ । त्यसैगरि भिडियोको छायाँकनमा बुद्व थापा, सम्पादनमा बिकास धमला र निर्देशन निकेश खड्काले गरेका छन् । भिडियोमा अन्तरजातिय माया प्रेम दर्शाइएको छ । एउटा दलित केटाले खान्दानी केटीलाई घृणित समाजबाट विवाह गरेर भगाएर लगेको देख्न सकिन्छ । एक अर्काले आफ्नो माया पाउन संघर्ष गरे आफ्नो छुटै संसार बानाएका छन् । अझै पनि नेपाली समाजमा अन्तरजातिय मायाको विरोधीहरु प्रस्तै भेटिन्छन् ।

युवा पुस्ताको प्रेमभावलाई प्रस्तुत गरेर तयार गरिएको गीतको भिडियोलाई यस गीतका संगीतकार कन्काइष्ट राईको अफिसियल च्यानलमा अबलोड गरिएको छ ।

प्रतिक्रिया

TOP