
काठमाडौं : नेपाली कांग्रेसले तेस्रो चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ। मंगलबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकले थप आन्दोलनका कार्यक्रम तय गरेको हो ।
पार्टी प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार बैठकले सर्वसम्मत रुपमा माघ १९, माघ २४ र माघ ३० गतेका लागि आन्दोलनका कार्यक्रम पारित गरेको हो । माघ १९ गते देशभर भ्रातृसंस्थाहरुले आन्दोलन गर्नेछन् भने माघ २४ गते शुभेच्छुक संस्था र माघ ३० गते जिल्लास्तरीय विरोध प्रदर्शनका कार्यक्रम तय भएको प्रवक्ता शर्माले जानकारी दिए ।
प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध कांग्रेस निरन्तर आन्दोलनमा छ । यसअघि दुई चरणका आन्दोलनका कार्यक्रम सम्पन्न गरिसकेको कांग्रेसले थप कार्यक्रम सार्वजनिक गरेको हो ।
कांग्रेसले दुई चरणको आन्दोलनका कार्यक्रम सर्वसम्मत रुपमा केन्द्रीय समिति बैठकबाट पारित गरेको जनाउँदै प्रवक्ता शर्माले आन्दोलनमा जानेबारे कांग्रेसभित्र कुनै मतभेद नरहेको स्पष्ट पारे ।
प्रतिक्रिया