
काठमाडौं : दक्षिण छिमेकी मुलुक भारतले आज ७२ औं गणतन्त्र दिवस मनाउँदै छ । भारतले गणतन्त्र स्थापनाको दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना गर्दैछ ।
विभिन्न देशमा रहेका भारतीय कुटनीतिक नियोगलेहरुले गणतन्त्र दिवस मनाउँदैछन् । सोही क्रममा काठमाडौंस्थित भारतीय राजदूतावासले पनि गणतन्त्र दिवस मनाएको छ ।
भारतको गणतन्त्र दिवसको उपलक्ष्यमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना समकक्षीहरूलाई शुभकामना सन्देश पठाएका छन्।
भारतीय समकक्षी रामनाथ कोविन्दलाई पठाएको शुभकामना सन्देशमा राष्ट्रपति भण्डारीले युगौंदेखिको नेपाल(भारत बहुआयामिक सम्बन्ध आगामी दिनमा झन् मजबुद् हुने विश्वास व्यक्त गरेकी छन्।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पठाएको सन्देशमा प्रधानमन्त्री ओलीले भारतीय जनताको शान्ति, प्रगति र समृद्धिको कामना गरेका छन्।
प्रतिक्रिया