
यहाँ उपस्थित हुनुभएका सबैलाई बृहत नागरिक आन्दोलनका तर्फबाट मूरीमूरी धन्यवाद दिन चाहन्छु । हामीले काठमाडौं सभ्यताको कालो माटो आफ्नो निधारमा पोतिसकेका छौं । त्यसकारण नागरिक चेतनासहितको नागरिक आन्दोलन उठिसकेको छ । अब यो प्रत्येक प्रतिगमनविरुद्ध आन्दोलन हुनेछ । पहिलो जनआन्दोलनमा लोकतन्त्र जिन्दावाद भन्ने हामी नै होइन ? दोस्रो जनआन्दोलनमा पनि यही नारा किन लाउनुप¥यो ? त्यसपछि मधेशी, जनजाती, दलितहरु किन आन्दोलनमा उत्रिनुप¥यो ? हरेक पटक जनआन्दोलनमाथि प्रतिगमन भोलिपल्टदेखि नै सुरु भएको छ ।
अहिले हामी किन बालुवाटारमा छौं रु आज बालुवाटारमा जनताको प्रतिनिधित्व गर्दै जो साथी हुनुहुन्छ, उहाँले लोकतन्त्रको मर्म चेक एण्ड ब्यालेन्स भत्काउन महत्वपूर्ण राज्यका निकायहरु आफ्नो मातहत ल्याउनुभयो । तर त्यो प्रधानमन्त्री कहिल्यै पनि सिंहदरवार जाँदैन । त्यो प्रधानमन्त्री जहिले पनि नीजि निवासमा बस्दछ ।
स्वतन्त्र न्यायालयको प्रमुखलाई नीजि निवासमा दर्शन भेटका लागि बाध्य पार्दछ । प्रमुख प्रतिपक्षी दलको नेतालाई भागशान्तिको लागि आफ्नो निवासमा बोलाउँछ । त्यसकारण यो प्रतिगमन सम्भव भएको छ । जुन दिन प्रधानमन्त्री जनआन्दोलनलाई घात पुग्ने गरी अभिव्यक्ति दिनुका साथै बालुवाटारलाई श्री ३ जंगबहादुरजस्तो नीजि निवास बनाउनुभयो । त्यही दिनदेखि यो मुलुकमा प्रतिगमन सुरु भयो ।
प्रधानमन्त्रीका मान्छेहरु भन्दैछन् कि प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव आउँदैथियो । अविश्वासको प्रस्ताव आउँछ भनेर संसद नै भंग गरिदिने ? अनि के भन्छन् भने अविश्वासको प्रस्ताव आउने मात्रै होइन कि खाली खुट्टा बालकोट पठाउने तयारी थियो । खाली खुट्टा चप्पल लगाएर ल्याएको लोकतन्त्र होइन यो ? के ओलीले खाली खुट्टा हिँड्न नहुने ? अर्को कुरा, हिजो नारायणहीटिबाट नागार्जुन जान हुने, अनि आज बालुवाटारबाट बालकोट जानै नहुने ? ओलीको अहमताको श्रीपेच फुकाल्नकै लागि यो नागरिक आन्दोलन जुर्मुराएको छ ।
अहिले जो बालुवाटारमा बसेका छन्, पहिला यिनीहरुले देशभर मन्दिर बनाउँदै हिँडे । अहिले पूजा आरती गर्दै हिँडेका छन् । यो संविधानमा धर्म निरपेक्षता लेखिएको छ । उनी मन्दिर मन्दिर जाउन् । यो माघको महिना शहिदहरुको महिना हो । अब शहिदहरुलाई जहाँ झुण्ड्याइएको थियो, त्यही गएर समर्पण गर्नेछौं ।
(सोमबार नागरिक आन्दोलनले बालुवाटारमा गरेको विरोध प्रदर्शन कार्यक्रममा वाग्लेले व्यक्त गरेको विचार )
प्रतिक्रिया