
काठमाडौं : निर्वाचन आयोगले नेकपाका दुबै समूहले आफू आधिकारीक भएको भन्ने दावीलाई अवैधानिक भएको जनाएको छ ।
सत्तारुढ दल नेकपामा केपी शर्मा ओली र प्रचण्ड नेपाल समूहले दावी गर्दै आफू नै आधिकारिक भएको विवरण निर्वाचन आयोगमा पठाउँदै आएका छन् । तर आयोगले भने दुबै समूहले गरेको दावी विधानसम्मत नभएको स्पष्ट पारेको हो ।
आयोगले पुस ५ गते यता बसेका दुबै समूहका बैठक र भएका निर्णयहरु बैध नभएको निष्कर्श सुनाएको छ । आयोगले विभाजनलाई मान्यता नदिएपछि नेकपा पुस ५ गते अघिकै अवस्थामा पुगेको हो ।
प्रतिक्रिया